अन्ततः सन्दिप जान नपाउनेनै भए युएई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका पुर्व कप्तान लामिछाने अन्ततः युएई जान नपाउनेनै भएका छन । सर्वोच्च अदालतले सन्दिप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन ।

क्रिकेटर लामिछाने विरुद्ध नाबालिग बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । त्यो मुद्दामा जिल्ला अदालतले सन्दिपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको निवेदनमा उच्च अदालत, पाटनले २८ पुसमा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि सन्दिप थुनामुक्त भएका थिए ।
सन्दिप धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटाएर राष्ट्रिय टिममा राखेको थियो र उनले लिग टू अन्तरगत गत हप्ता काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक शृंखला खेलेका थिए । उनकै उत्कृष्ट बलिङ मद्दत बाट नेपालले उक्त शृङ्खला क्लिनस्विप गरेको थियो । अब लगतै १५ फागुन बाट नेपालले युएईमा अर्को शृंखला खेल्दैछ र त्यसका लागि नेपाली टोलि १३ फागुनमा युएई तर्फ प्रस्थान गर्दैछ । त्यही सिरिज खेल्न जानकालागि सन्दिपले विदेश जाने अनमुति माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । सन्दिपको त्यही निवेदनमाथि सुनुवाइ गर्दै १२ फागुनका दिन न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दिपलाइ विदेश भ्रमणको अनुमति नदिएको हो ।

सन्दिपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पनि सर्वोच्चमा निवेदन दिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार खतिवडाको इजलासले सन्दीप र सरकारको छुट्टाछुट्टै निवेदनलाई एकसाथ राखेर १४ फागुनका दिन पेश गर्न आदेश दिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित