हेटौंडा, भिमफेदी, दक्षिणकाली राजमार्ग बन्द

फागुन १२ । काठमाडौ देखि भिमफेदी हुँदै हेटौडा जाने छोटो मार्ग १५ दिन देखि बन्द गरिएकोछ। सडकको स्तर उन्नति गर्न सुरु गरिएकाले गाडी बन्द गरिएको हो। दुई महिना सम्म उक्त मार्गमा यातायात सन्चालन नगर्ने बताइएकोछ । ९ जना सम्म यात्रु बोक्ने सयौं सुमो गाडी यस राजमार्गमा गुड्ने गर्दथे ।अहिले उक्त राजमार्गमा गाडी बन्द गरेपछि राजमार्ग सुनसान भएकोछ ।

सडक सन्चालनमा नआउँदा सम्म बैकल्पिक मार्गका रुपमा अहिले कान्तिराजपथ लाई प्रयोगमा ल्याइएकोछ । ललितपुरको चापागाउँं, भट्टे डाडा, बागमती पुल हुँदै उक्त मार्ग हेटौडा जोडिएकोछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित