टुट्यो एमाले-माओवादी गठबन्धन, बन्यो काङ्ग्रेस सहितको ८ दलीय नयाँ गठबन्धन

काठमाडौं । एमाले-माओवादी केन्द्र सहितको सात दलीय सत्ता गठबन्धन अन्ततः टुटेको छ । बालुवाटारमा फागुन १२ गते साँझ माओवादी केन्द्र र नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् । यो गठबन्धनबाट, राष्ट्रपतिमा कांग्रेसले उम्मेदवार उठाउने भएको छ ।

बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहित आठ दलको बैठकमा उक्त सहमती जुटे संगै प्रचण्डले अब नयाँ यात्रा शुरु भएको बताएका छन । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरे लगत्तै नयाँ यात्रा शुरु भएको बताएपछि एमालेसँगको गठबन्धन अब औपचारिक रुपमै टुटेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित