काठमाडौ । कलाकार जयनन्द लामाको शालिक निर्माण गरिएको छ । उनको आफ्नै जन्मस्थल सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पामा शालिक निर्माण गरिएको हो । गतसाल २०७८ फागुन ११ गते उनको मृत्यु भएको थियो। उनी बस्दै आएको भक्तपुर लोकन्थली स्थित आफ्नै घरको गेटमा उनको मृत शरीर भेटिएको थियो ।
लामाको मृत्यु भएको एक वर्ष पूरा भएको सन्दर्भमा उनका आफन्तजनहरूले सो शालिक निर्माण गरेका हुन् । जयनन्द राष्ट्रको सम्पत्ति हुन् । उनको शालिक निर्माणमा राज्यका निकाय, कलाकार संघसंस्था तथा तामाङ सङ्गठनहरुको योगदान नभएको पनि गुनासो आएका छन् ।
कलाकार जयनन्दले लाउरे गगनको, मूलाको चाना लगायतका कैयौं चर्चित गीतहरु गाएका थिए । मनको बाँध, छक्का पन्जा लगायतका चर्चित नेपाली चलचित्रमा अभिनय गरेका थिए । उनले पहिलो तामाङ चलचित्र छोमरी छोरङानमा पनि अभिनय गरेकाथिए। लामाले नेपाली साहित्य र सँस्कृतिको भण्डारमा छाडेर गएका गीत , अभिनय सबैको संरक्षण गर्नु सबैको दायित्व हो ।