८ दलिय गठबन्धनको राष्ट्रपति उमेदवार रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल ८ दलिय गठबन्धनका तर्फ बाट राष्ट्रपतिको उम्मेदवार रहने भएका छन् । नेपाली काङ्ग्रेसले बैठकबाट नेता पौडेलको नाममा औपचारिक निर्णय गरे सङ्गै पौडेल ८ दलका तर्फबाट राष्ट्रपतिको उमेदवार रहने निष्चित भएको हो ।

काङ्ग्रेसको पार्टी कार्यालय सानेपामा २०७९ फागुन १३ गते बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएको थियो ।

काङ्ग्रेसको उक्त निर्णय सङ्गै पौडेलले आज दिउँसो २ बजे ८ दलका तर्फ बाट राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन । ८ दलिय गठबन्धनका सबै नेताहरू आज दिउस पाैने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित