काठमाडौं । राष्ट्रपति पदका लागि एमाले उपाध्यक्ष सुवास नेम्वाङ र काङ्ग्रेस नेता रामचन्द्र पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ ।
नेकपा एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा १३ फागुनको बिहान बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
नेपाली काङ्ग्रेसले पनि आज बिहान नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसि राष्ट्रपतिको उमेदवारमा रामचन्द्र पौडेललाई उमेदवार बनाउने निर्णय गरेको थियो ।
काङ्ग्रेस र एमालेले बैठकबाट औपचारिक रुपमा निर्णय लिएसंगै अब भाबी राष्ट्रपतिका लागि काङ्ग्रेस नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ बिच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
राष्ट्रपति पदका लागी आज फागुन १३ गते उम्मेद्बारी दर्ता गर्ने र २५ फागुनमा चुनाब गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।