एमालेले सरकार नछोड्ने

काठमाडौँ । नेकपा (एमाले)ले प्रचण्ड नेतृत्वको वर्तमान सरकार नछोड्ने भएको छ । एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।

पार्टी सचिवालयको १३ फागुनको बिहान बसेको बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम राख्ने निर्णय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सन्चारकर्मीहरूलाई उक्त निर्णयको जानकारी दिएका छन् । “२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।” गुरुङको भनाइ थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित