वामपन्थीहरुका बीच एकता हुनुपर्नेमा नेता खनालको जोड

फागुन १४ गते, वीरेन्द्रनगर । पुर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामपन्थी पार्टीहरुबीच एकता हुनु आवश्यक रहेको बताएका छन् ।

“देश जुन तरिकाले अघि बढिरहेको छ, गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन । अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन । अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ । तर वामपन्थीहरूमा अर्कै रूप देखिन्छ ।” –फागुन १४ का दिन पत्रकारसँग कुरा गर्दै नेता खनालले भने – “तर वामपन्थीहरू भित्रै दक्षिणपन्थी छन् । त्यसैले नेकपा (एकीकृत समाजवादी) को तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ ।”

राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पत्रकारले सोधेको प्रश्नमा नेता खनालले पार्टीमा छलफल गरेर निर्णय गरिने बताए । “अहिले राष्ट्रपतिको मतका लागि पत्र आइरहेका छन् त्यो विषयमा हामी छलफल गर्छौँ ।”–नेता खनालको भनाई थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित