सरकारबाट बाहिरिने एमालेको निर्णय

फागुन १५, काठमाडौं । नेकपा (एमाले) ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पुस १० मा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि रुष्ट बनेको एमालेले फागुन १५ गते पार्टी सचिवालयको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको हो ।

“मन्त्रिपरिषदको निर्णयको आधारमा जेनेभा जान लाग्नु भएका परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले अन्तिम क्षणमा अकारण नजान निर्देशन गर्नु भएको छ । “बैठक पश्चात् एमाले उपाध्यक्ष विष्णु पौडेलले संचारकर्मीहरुलाई भने– “हामीलाई सरकार छाड्न, नभए उहाँले हटाउने वा विना विभागीय मन्त्री बनाउने अभिव्यक्ति दिनुभएपछि सरकारमा रहिरहन उचित देखेनौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित