सन्दिप क्रिकेट खेल्न विदेस जान पाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका पुर्व कप्तान सन्दिप लामिछाने अब क्रिकेट खेल्न विदेस पनि जान पाउने भएका छन् । उनलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले १५ फागुनका दिन सन्दिपलाई प्रतियोगिताहरूमा क्रिकेट खेल्न विदेश जान दिने  फैसला गरेको हो । तर सन्दीप अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र नेपाल आई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनु पर्नेछ । यदि सन्दीप त्यसरी उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने सर्वोच्चको आदेशमा उल्लेख छ ।

सन्दिपलाई उच्च अदालत पाटनले नाबालिका बलात्कारको मुद्दामा विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। सन्दिपलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो। यस्तै लामिछानेले पनि आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सर्वोच्चको यो फैसलाबाट उच्च अदालत पाटनले सन्दिपलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय बदर भएको छ । तर सन्दिपले २० लाख रुपैयाँ धरौटी राख्नु पर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले पनि कायम राखेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित