नेपालसंग पीएनजी ४ विकेटले पराजित

काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको पहिलो खेलमा नेपालले शानदार जित हासिल गरेको छ । फागुन १५ गते भएको पपुवा न्युगिनीविरुद्धको खेल नेपालले ४ विकेटले जितेको छ ।

नेपाल, पपुवा न्युगिनी र युएई बिचको उक्त त्रिकोणात्मक सिरिज अन्तरगतको पहिलो खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्‍यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको साझेदारी गरे । आसिफ शेखले रनआउट हुनुअघि ३९ बल खेल्दै ५ चौका मद्दतमा ४४ रन बनाए । त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ३ रनमै बोल्ड भए । कप्तान रोहित पौडेल २० रन बनाएर आउट हुँदा नेपाल १३५-४ को स्थितिमा थियो । त्यसपछि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आधार तय गरेका थिए । आरिफ र दीपेन्द्रले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ४३ बल खेल्दै १ छक्का मद्दतमा २२ रन जोडेर ३९औं ओभरमा आउट भए । लगत्तै अर्को ओभरमा आरिफ पनि आउट भए । आरिफले ६२ बल खेल्दै १ चौका मद्दतमा ३३ रन बनाए । कुशल मल्लले अविजित १२ जोडे ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । नौ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, करण केसी र आजैको खेल बाट डेब्यु गरेका प्रतिश जिसीले समान १ विकेट लिए ।

लिग टुमा नेपालको यो लगातार पाँचौं जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो । जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलाको दोस्रो खेल १८ फागुनमा युएईसँग खेल्नेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित