संघीय संसद सचिवालयले स्तनपान कक्ष बनाउँदै

काठमाण्डौं । संघीय संसद सचिवालयले दुधे बच्चासहितका महिला सांसदको सहजताको लागि स्तनपान कक्ष बनाउन लागेको छ ।

संसद सचिवालयले सिंहदरबार र संसद भवन नयाँ बानेश्वरमा स्तनपान कक्ष बनाउन लागेको हो । बच्चा सहितका महिला सांसदहरूलाई स्तनपान कक्ष नहुँदा समस्या थियो ।

संसद भवन बानेश्वरमा हुने बैठक र संसद सचिवालयमा हुने संसदीय समिति लगायतको बैठकमा लामो समय भाग लिँदा बच्चालाई स्तनपान गराउन समस्या भोग्दै आएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित