काठमाडौं । राष्ट्रपति र उपराष्टपति निर्वाचनका लागि २०७९ फागुन १७ देखि आचारसंहिता लागू हुने भएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्टपतिको निर्वाचन चैत ३ मा हुदैछ ।
निर्वाचन आयोगले २०७९ फागुन १६ गते सुचना प्रकासित गरि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू हुने जनाएको छ ।
आयोगका अनुसार आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्नेछ ।
यसैगरी राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैलाई आग्रह गरेको छ ।