नारायण शर्मा एकता समाजमा नरहेको जानकारी

 

भारत । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको अनलाइन बैठकले त्यस समाजका केन्द्रीय सचिव नारायण शर्मालाई साधारण सदस्य समेत नरहने गरी अनिस्चित कालका लागि अनुशासनको कारवाही गरेको छ । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष आनन्द थापाले १२ अक्टोबर २०२५ मा एक वक्तव्य जारी गर्दै सो जानकारी गराउनुभएको हो । ७ जुलाइ २०२४ का दिन हैदरावादमा अखिल भारत प्रवासी नेपाली एकता समाज र अखिल भारत नेपाली एकता समाजको बीचमा एकता भई अखिल भारत नेपाली एकता समाज गठन भएको थियो । त्यो एकतालाई असफल पार्न चाहने तत्वहरुको प्रभावमा परी नारायण शर्माले त्यस एकतालाई उल्लंघन गरी वक्तव्य जारी गरे पछि उनी कार्वाहीमा परेका हुन् । वक्तव्यमा  समाजका सम्पूर्ण नेता तथा कार्यकर्ता , शुभचिन्तकहरू र न्यायप्रेमी समाजसेवी जनसमुदायहरू कोही पनि  झुटा र भ्रमित समचारको भ्रममा नपरी सांगठनिक कार्यलाई अगाडि बढाउन अपील गरिएको छ । समाजका अध्यक्ष आनन्द थापाद्वारा जारी वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –

“ यही दिनांक १२ अक्टोबर २०२५ का दिन अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको अनलाइन बैठक बस्यो। बैठकले गरेका कतिपय निर्णयहरूलार्इ सार्वजनकि गर्नको लागि यो वक्तव्य जारी गरिएको छ।

अखिल भारत नेपाली एकता समाज भारतमा रहने आम नेपालीहरूको हक हित र सुरक्षाको प्रत्याभूत गर्न हमेसा अग्रपंतिमा रहदै अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहको संगठन हो । यसको स्थापना ७ नोभेम्बर १९७९ मा गोविन्द सिह थापा जी को अध्यक्षतामा भएको थियो। समाजको आठौ अखिल भारत सम्मेलन संस्थापक अध्यक्ष गोविन्द सिह थापाले उद्घाटन गर्नु भएको थियो। गोविन्द सिह थापाजी अहिले पनि हामी संगै हुनुहुन्छ। हाम्रो संगठनको नाम नै एकता समाज हुनु र अर्को तर्फ भारतको सबै भन्दा पुरानो संगठन पनि भएको हुनाले हामीले भारतमा रहेका विचार मिल्ने नेपाली समाज संगठनहरू संग एकता गर्नु स्वभाविक पनि हो। त्यसैको परिणास्वरूप हामीले ७ जुलाइ २०२४ का दिन हैदरावादमा अखिल भारत प्रवासी नेपाली एकता समाज संग एकता गरेका थियौ। एकता पछि दुवै संगठनको सहमतिमा संगठनको नाम अखिल भारत नेपाली एकता समाज नै कायम गरिएको थियो । एकताको समयमा कतिपय पदीय जिम्मेवारी फेरवदल हुनु स्वभाविक कुरा हो । तर कतिपय साथीहरूले त्यही कुरालाइ ईसु बनाएर संगठनमा अराजकता मच्चाउने काम पनि भएको छ। यो संगठनले कैयन आरोह अवरोहहरूको सामना गर्दै आफ्नो गौरवमय ईतिहास कायम गर्न सफल भएको छ। विभिन्न खाले अवसरवादी पदलोलुप एवं फूटपरस्त तत्वहरूले अखिल भारत नेपाली एकता समाजको छवि धमिलाउन नखोजेका हैनन् तर हामीले त्यस प्रकारका अवसरवादी तत्वहरूलार्इ समयमा नै पहिचान गरी उनीहरूका विरूद्ध सम्झौताहिन संघर्ष गर्दै आएको गौरवमय ईतिहास छ। तिनै फुटपरस्त तत्वहरूको शिकार भएका केही अराजक संगठन विरोधी तत्वहरू अहिले पुनः सलवलाएको कुरा सामाजिक संजाल मार्फत जानकारी हुन आएको छ। समाजका केन्द्रीय सचिव तथा कार्यालय स्टाफ नारायण शर्माले नाटकीय ढंगबाट म पेसेवर भएर काम गर्न सक्दिन मलाई पेसेवरबाट हटाइ दिनुस भनेर बैठकमा बार बार भनेको हुँदा वहाँलाइ पेसेवरबाट हटाइएको थियो। त्यस पछि वहाँले म संगठनमा काम गर्न सक्दिन ,म स्वदेश जान्छु भनी राजीनामा पठाउनु भएको थियो। तर १० अक्टोबर २०२५ को मिति राखेर आठौ अखिल भारत सम्मेलनद्वारा निर्वाचित समितिको बैठक ६ अक्टोबरका दिन देव बहादुर लामीछानेको अध्यक्षतामा बस्यो भन्ने झूटो र भ्रमित बक्तव्य जारी गर्नु भएको छ । यो सरासर एकताको मर्म विपरीत त छदै छ त्यस भन्दा अरू अखिल भारत नेपाली एकता समाजलाइ धरासाही पार्ने देशी विदेशी अवसरवादी पदलोलुप र फुटपरस्त तत्वहरूको षड्यन्त्र हो भन्ने कुरामा कुनै शंका छैन। देव बहादुर लामीछाने, ईन्द्र भेटाल पहिला नै अनुशासनको कार्रवाहीमा परिसकेका छन् भने नारायण शर्मालार्इ पनि यस बैठकले समाजको सबै जिम्मेवारीबाट हटाउदै साधारण सदस्य समेत नरहने गरि अनिस्चित कालको लागि अनुशासनको कारवाही गरेको जानकारी गराइन्छ। तसर्थ समाजका सम्पूर्ण नेता तथा कार्यकर्ता , शुभचिन्तकहरू र न्यायप्रेमी समाजसेवी जनसमुदायहरू कोही पनि यस प्रकारका झुटा र भ्रमित समचारको भ्रममा नपरी सांगठनिक कार्यलार्र्इ अगाडि बढाउनुका साथै उनीहरूसँग सांगठनिक रूपमा सम्पर्क नगर्न अखिल भारत नेपाली एकता समाज हार्दिक अपिल गर्दछ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित