“आजको गम्भीर राष्ट्रिय संकट र सही निकासको प्रश्न” बिषयक छ्लफल कार्यक्रम सम्पन्न

काठमाडौं । २०८२ असोज २७ गते नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा केन्द्रीय कार्यालय नयाँ ठिमीमा पार्टी संयोजक लोकनारायण सुबेदीको अध्यक्षता र सन्चालनमा “आजको गम्भीर राष्ट्रिय संकट र सही निकासको प्रश्न ” बिषयक एक छ्लफल कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा एक मिनेट मौनधारण गरि महान ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरियो।परिचयात्मक कार्यक्रम पछि बिषय प्रबेश गर्दै छलफलमा नेकपा संयोजक लोकनारायण सुबेदीले एक अवधारणा पत्र प्रस्तुत गर्नु भए पछि छलफल अगाडि बढेको थियो।

छलफल कार्यक्रममा नेकपाका सचिवालय सद्स्यहरु नारायण शर्मा र शरणबिक्रम मल्ल, नेकपा ( बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला,क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालका स्थायी कमिटी सद्स्य एवं राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालका संयोजक सन्तबहादुर नेपाली,जन प्रतिरोध आन्दोलनका सङ्गीत श्रोता,ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका मुक्ति ,समाजवादी कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अशोक सुवेदी,कम्युनिस्ट समाजवादी पार्टी ,नेपालकि नेतृ शीलु न्यौपाने ,बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपालका राजकुमार हिम्वाङ्ग,नेकपाका संयोजक वसन्त बोगटी,स्वतन्त्र नागरिक अभियन्ता ,कुमार श्रेष्ठ ,नेकपा ( क्रान्तिकारी) का अरुण घिसिङ्ग,माओवादी पहिचान पार्टीका सि.बीलामा,देशभक्त राष्ट्रिय मोर्चाका मोलम लामा, नेकपा सचिवालय सद्स्य एवं बुद्धिजीवी संघका इन्चार्ज महादीप पोख्रेलले छलफलमा आफ्ना पार्टीका बिचार र धारणा राख्नु भएको थियो।असोज २८ गते नेकपा (बहुमत) को केन्द्रिय कार्यालयमा पार्टीहरुको संयुक्त बैठक बस्ने निर्णय गर्दै आजको बैठक समापन भएको छ।– लक्ष्मण उप्रेती

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित