काठमाडौ । जेन जी आन्दोलनका कारण माडागासकरका राष्ट्रपति एन्री रजोय लिनाले आज अक्टोबर १३ मा देश छाडेर भागेका छन् । उनी फ्रान्सेली जहाज चढेर भागेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ् । पानी र बिजुली अभावको मुद्दा उठाएर जेन्जीहरुले सेप्टेम्बर २५ देखि आन्दोलन सुरु गेका थिए । सेप्टेम्बर २९ तारिखका दिन टेलिभिजन सम्बोधन मार्फत सरकार विघटन गरिएको घोषणा गरेका हुन् । टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपतिले सरकारलाई नागरिकले दिएको जिम्मेवारी पूरा भएको छैन भने हामी यसलाई स्वीकार गर्दै माफी माग्छौ भनेकाथिए । माडागास्करमा पहिलेदेखि नै युवाहरूले पानी र बिजुली कटौती विरुद्ध प्रदर्शन गरिरहेका थिए। उक्त क्रममा करिब २२ जनाको मृत्यु भएको र १०० जना भन्दा बढी प्रदर्शनकारीहरूको घाइते भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा जनाइएको छ । सेनाको एउटा पक्ष आन्दोलनकारीहरु सित आन्दोलनमा हिडे पछि ज्यान जोगाउन उनी देश छाडेर भागेका हुन भनिनछ ।
माडागास्कर अफ्रिकी महादेशको दक्षिण पूर्वी क्षेत्रमा रहेको टापु हो। यो विश्वकै चौथो ठूलो टापु हो। यसको राजधानी अन्तनानारिभो हो । माडागासकार १९६० मा फ्रान्सेली साम्राज्यवादबाट मुक्त भएको थियो। यहाँको सबैभन्दा धेरै जनसङ्ख्या २६ प्रतिशत मेरिना,१५ प्रतिशत लियो समुदाय रहेको देखिन्छ । यसको क्षेत्रफल ५,९२,७९६ वर्ग किलोमिटर रहेको छ। यसरी यो नेपालभन्दा झण्डै चार गुणाले ठूलो देश हो। माडागास्करको कुल जनसङ्ख्या ३ करोड १९ लाख ६४ हजार रहेको छ। यहाँ गरिबीको रेखामुनि रहेको जनसङ्ख्या निकै ठूलो छ।

