रौतहटका जय प्रकाश साह र बाग्लुङ्गका सन्देश केसीको युक्रेनको सीमामा हिरासतबाट उद्धार

 

काठमाडौं । रौतहटका जय प्रकाश साह र बाग्लुङ्गका सन्देश केसीलाई
युक्रेनको सीमामा हिरासतबाट उद्धार गरिएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले ३ असोज २०८२ मा एक विज्ञप्ति जारी गर्दै त्यस बारे जानकारी गराएको हो ।
प्रेस विज्ञप्तिमा भनिएको छ –

“युक्रेनको सीमामा हिरासतमा रहेका दुईजना नेपालीहरू रौतहटका श्री जय प्रकाश साह र बाग्लुङ्गका श्री सन्देश केसी लाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपरान्ह नेपाल फर्काइँदैछ।

यस उद्धार कार्यमा सहयोग गर्नुहुने युक्रेनको सीमा सुरक्षा सेवा (  State Boarder Guard Service) कार्यालय, निजहरूको सुरक्षित उद्धारका लागि नजिकबाट सहकार्य गर्नुहुने गैर–आवासीय नेपाली संघ ( NRN) जर्मनी र यस कार्यमा सहयोगी अन्य निकाय –व्यक्ति–सरोकारवालाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन लगायत अन्य कानूनको पूर्ण पालना गर्नुपर्ने हुन्छ। सम्बन्धित मुलुकको कानूनको उल्लङ्घन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यान समेत जोखिममा पर्नसक्ने हुन्छ। यस प्रकार पक्राउ परेकाहरूको उद्धार प्रकृया पनि सहज हुने नगरेको अनुभव रहेको छ। तसर्थ, विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन र यस प्रकारको कुनै पनि कार्यमा संलग्न नहुनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्दछौं।”

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित