काठमाडौं । नेकपा (मशाल) काठमाडौंको जनवर्गीय संगठनको संयुक्त प्रशिक्षण भेला सम्पन्न भएको छ । प्रकृतिको अध्यक्षतामा सम्पन्न प्रशिक्षण भेलाका अतिथिहरु प्रवक्ता रामबहादुर बुढा, पोलिट्व्यूरो सदस्य चिन्तामणि शर्मा र अनन्त रहेका थिए । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौन धारणपछि अगाडि बढेको प्रशिक्षण भेलाको संचालन किरणले गरेका थिए । कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, माक्र्सवाद सम्बन्धी, संगठन सम्बन्धी, नेकपा (मशाल) विशेष महाधिवेशनले पास गरेको दस्तावेजका विषयमा रामबहादुर बुढा, चिन्तामणि शर्मा र अनन्तले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा प्रवक्ता रामबहादुर बुढाले माक्र्सवादी विचार व्यवहारमा लागु गर्ने विषय भएको बताए । उनले नेकपा (मसाल) भित्र अन्तरसंघर्ष चल्नुका कारण अन्तरसंघर्षको निचोड, विशेष महाधिवेशनको महत्वका विषयमा प्रष्ट पारेका थिए भने चिन्तामणि शर्मा र अनन्तले समसामयिक राजनीतिक परिस्थिति तथा संगठनात्मक विषयमा प्रशिक्षण गरेका थिए । भेलाले जनवर्गीय संगठनहरुको संयुक्त भेलामा उपस्थितिका लागि प्रतिनिधिहरुको चयन पनि गरेको छ ।