काठमfडौं । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । गठबन्धनमा आठ पार्टीहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी,नागरिक उन्मुक्तिपार्टी, जनमत पार्टी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी रहेका छन् भने नेकपा एमालेको सांसद तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
नेपालको संविधान २०७२ ले राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने कुरा उल्लेख छ भने संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा हुने मतभार संघीय कानुन बमोजिम हुने उल्लेख छ ।
निर्वाचनको मतदानका दिन बिहान १०बजेदेखि दिउँसो तीन बजेसम्म मतदानमा सहभागी भई मतदान गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ ।