भारत । अखिल भारत नेपाली एकता समाजको आयोजनामा भारतका विभिन्न सहरहरूमा देउसी –भैलो कार्यक्रम सम्पन्न भएको छ।
हैदराबाद
उत्तर हैदराबाद र पश्चिम हैदराबादको संयुक्त आयोजनामा कृष्ण पौडेल,गोविन्द केसी लगायतका एकता एकता समाजका नेताहरूको पहलकदमीमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। नेपालीहरू बसेका विभिन्न ठाउँहरुमा पुगेर सो देउसी भैलो कार्यक्रम गरिएको हो।
सोनीपत
हरियाणा राज्यको सोनीपतमा शम्भु थापा लगायतका अखिल भारत नेपाली एकता समाजका नेताहरूको पहलकदमीमा सोनीपतमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ।
पठानकोट
पन्जाब राज्यको पठानकोटमा रामबहादुर कौशलगायतका अखिल भारत नेपाली एकता समाजका नेताहरूको पहलकदमीमा पठानकोटमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ।
हिसार
अखिल भारत नेपाली एकता समाजका श्यामबहादुर बिक लगायतका नेताहरूको पहलकदमीमा पन्जाबको हिसारमा पनि देउसो भैलो कार्यक्रम सम्पन्न भएको छ।

