स्ववियु निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक

काठमाडौं ।  नेपालका विद्यार्थीहरुका हक, अधिकारका लागि क्रियाशील विद्यार्थी संगठनहरु अखिल (छैटौं) र दुई अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा रिपोटर्स क्लबमा स्ववियु निर्वाचनसम्बन्धी संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनको संचालन नेकपा (बहुमत) सम्बद्ध अखिल क्रान्तिकारीकी महासचिव रुपा बुढामगरले गरेकी थिइन ।  नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा (बहुमत) सम्बद्ध अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई, नेकपा (मशाल) निकट अखिल (छैटौं) का राष्ट्रिय भेला आयोजक समितिका संयोजक दिपक पौडेल, क्रान्तिकारी माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) का उपाध्यक्ष शिलु न्यौपाने र महासचिव पेशल खतिवडा, नेकपा (बहुमत) सम्बद्ध अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र साहको मञ्चमा आसन ग्रहण गराइएको थियो । मञ्चमा आसन ग्रहण गरेका अतिथिहरुबाट तीन विद्यार्थी संगठनको संयुक्त घोषणापत्र सार्वजनिक गरिएको थियो । अखिल (क्रान्तिकारी) की शिलु न्यौपानेले घोषणापत्र वाचन गरेकी थिइन् । कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अर्को अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई र अखिल (छैटौं) का राष्ट्रिय भेला आयोजक समितिका सभापति दिपक पौडेलले संक्षिप्त मन्तव्य राखेका थिए ।

घोषणापत्रको मूल नारा राखिएको छ, “श्रम र उत्पादनसँग जोड्ने, अनुसन्धानमूलक र वैज्ञानिक शिक्षा हाम्रो अभियान ! वास्तविक विद्यार्थीको सशक्त स्ववियुका लागि अखिल (क्रान्तिकारी) संयुक्त र अखिल (छैटौं) लाई मतदान !!!”  तीन विद्यार्थी संगठनले आवश्यकता अनुसार अन्य प्रगतिशील विद्यार्थी संगठनहरुसित पनि स्थानीयस्तरमा चुनावी सहकार्य  गर्न सकिने बताएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित