काठमाडौं । विभिन्न वामपन्थी, देशभक्त तथा जनवादी पार्टी तथा संगठनहरुको आयोजनामा कार्तिक ११ गते माइतीघरमा प्रदर्शन हुने भएको छ । दिउँसो १ बजे उक्त प्रदर्शन गरिने आयोजकहरुले जनाएका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (बहुमत),वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(माक्र्सवादी पुष्पलाल),प्रतिरोध आन्दोलन,समृद्धि पार्टी लगायतका दल र संगठनहरुले उक्त प्रदर्शन गर्न थालेका हुन । “साम्राज्यवाद, प्रतिगमन,र यथास्थितिवादको प्रतिरोध गरौं ! राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एक जुट होऔं !!” भन्ने नारा सहित प्रदर्शन गरिने भएको छ ।
Comments

