काठमाडौंं । वामपन्थी नेता तथा माक्र्सीय गुरुकुलका सचिव किसन शर्मा गैरेले आफ्नी आमा भगवती गैरेको
मृत्यु पश्चात प्रगतिशील मृत्यु संस्कार अपनाउनु भएको छ । २०८२ असोज ३० गते भगवती गैरेकोको मृत्यु भएको थियो।उहाँ नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ४ हसौरामा बस्दै आउनुभएको थियो।
परम्परागत मृत्यु संस्कारलाई अवज्ञा गर्दै प्रगतिशील मृत्यु संस्कार अबलम्बन गर्नुको तात्पर्य माथि प्रकाश पार्दै किसन शर्मा गैरेले भन्नुभयो, “ मेरो पुर्खेउली घर तनहुँ जिल्लाको साबुङ भगवतीपुर हो। जो हाल भिमाद नगरपालिका वडा नम्बर ५ मा पर्दछ । बुवा चोलाकान्त गैरे युवा कालमा बर्मामा छँदा नै कम्युनिस्ट विचारबाट प्रभावित हुनुभएको रहेछ। बर्मामा कम्युनिस्ट आन्दोलनको चहलपहल भएका बेला हाम्रो बुवा उतैबाट कम्युनिस्ट आन्दोलनबाट प्रभावित भएर आउनुु भएकाले परम्परागत ईश्वर,धर्म, पाप आदिमा विश्वास गर्नु हुने थिएन । त्यसको प्रभावले गर्दा म पनि कम्युनिस्ट भएँँ । तनहुँका पुराना कम्युनिस्ट नेताहरू एकदेव आले, लक्ष्मीभक्त उपाध्याय लगायतका नेताहरुको हाम्रो बुवासँग संगत थियो। त्यो पारिवारिक वातावरणले पनि हामीलाई कम्युनिस्ट हुन र भौतिकवादी विचार निर्माण गर्न मद्दत पुर्यायो। म अहिले पनि माक्र्सीय गुरुकुलको सचिव छु । भौतिकवादी समाजको केन्द्रीय सल्लाहकार छु । विचारलाई व्यवहारमा प्रयोग गर्ने सन्दर्भमा मैले आमाको परम्परागत काजक्रिया गरेन । आमाको प्रगतिशलि काजक्रियामा परिवारका अरु सदस्यहरूलाई सहमत गराउन सकिएन । अरुलाई यस कार्यमा सहमत गराउन नसकेपनि आफूले भएपनि यसप्रति दृढ रहनुपर्छ भन्ने मान्यताका साथ आफूले प्रगतिशील संस्कार अवलन गरेको हुँ।”
किसान शर्माले अगाडि भन्नुभयो, “मैले आमासँग परम्परा परम्परागत काजक्रिया गर्दैन भन्ने कुरा छलफल चलाउँदै आएको थिएँ र त्यस कार्यमा आमाको पनि सहमति थियो।”

भगवती गैरे
प्रगतिशील संस्कार अवलम्बन गर्ने क्रममा किसान शर्मा गैरेले आमाको नाममा रु १ लाख बराबरको अक्षय कोष निर्माण गर्ने घोषणा गर्नु भएको छ । किशन शर्मा गैरेका दुईटी आमा हुनुहुन्थ्यो जेठीतिर दुई छोरी, एक छोरा र कान्छीतिर तीन छोरा एक छोरी हुनुहुन्छ।
भगवती गैरेको विसं १९९६ असार १५ गते आमा मन्दोदरा अधिकारी र पिता ढुण्डिराज अधिकारीको कोखमा जम्न भएको थियो। २०१० सालमा चोलाकान्त गैरे सित उहाँको विवाह भएको थियो । २०८२ असोज ३० गते उहाँको मृत्यु भयो। यसभन्दा पहिले किसन शर्मा गैरेको जेठी आमाको २०५६ साल वैशाखमा नै मृत्यु भएको थियो र उहाँका दाजु विष्णु शर्मा गैरेको २०८० सालमा तथा बुवा चोलाकान्त गैरेको २०३८ सालमा मृत्युु भएको थियो । शोकको त्यस घडीमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, गिरिराजमणि पोखरेल लगायतका नेताहरु फरक फरक दिनमा नवलपुर किसन शर्माको घर समवेदना प्रकट गर्न पुग्नुभएको थियो। किशन शर्मा नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य हुनुका साथै माक्सृयी गुरुकुलका सचिव, सुस्ता बचाउ अभियानका सल्लाहकार र प्रकृति मानव केन्द्रित जन अभियान, नेपालका केन्द्रीय सल्लाहकार रही विभिन्न सामाजिक संघ संगठनहरुमा क्रियाशील पनि हुनुहुन्छ।

