जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

 

कात्तिक ,१२ । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित आयोगको तीनजनाविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाउ आदेश जारी दिँदै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।आयोगका सदस्यहरुमा पूर्व प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मा तथा कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी सदस्य छन् ।
अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्ध रिटको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष तथा सदस्यको रुपमा कुनै पनि कार्य नगर्नर नगराउन अन्तरिम आदेशको माग गर्दै अधिवक्ता ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सत्य तथ्य छानविन गर्ने विषयसँग सम्बन्धित धारणा पहिले नै सार्वनजिक गरेको र पूर्वाग्राही देखाइसकेकाले यो छानविनसमितिको अनुसन्धानबाट घटनाको सत्यतथ्य बाहिर नआउने जिकिर निवेदकले रिट निवेदनमा गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु हुनुका साथै सयौंको संख्यामा घाइते भएका छन् । आन्दोलनको क्रममा निजी तथा सरकारी भौतिक संरचनाहरुमा आगलागी गरिएको थियो । जेनजी आन्दोलन पछि निर्वाचित संसद विघटनको सिफारिश सुशीला कार्कीले गरेर भदौ २७ गते सुशीला कार्की नेतृत्वको सरकार गठन भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित