विमल वि.क.
मिठो खान राम्रो लाउन कति गाह्रो हुन्छ
अभावले जिन्दगी कटाउन कति गाह्रो हुन्छ
ए !महलमा बस्नेहरू हो एक पटक सोच त
भोको पेटमा सडकमा निदाउन कति गाह्रो हुन्छ !
२
भन्नेहरूले जेसुकै भनुन्,तयार हुने छु
दुश्मनहरुले गला काटुन,तयार हुने छु
म मरेर मेरो देश नेपाल बाँचिरहन्छ भने
देशकै खातिर बगाउन खुन,तयार हुने छु !
Comments

