काठमाण्डौ । उद्योगमा विद्युत् कटौती भएको विरोधमा मन्तव्य राख्दै गर्दा ढल्नुभएका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)नेपालका उपाध्यक्ष कमल गौतमको असामयिक निधन भएको छ ।सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको आज मृत्यु भएको हो । जिफण्टका कमल गौतम विगत करिब ३० वर्ष देखि निरन्तर रुपमा मजदुर आन्दोलनमा सकृय योगदान पुरयाउँदै आउनु भएको थियो । वहाँ सरल , मजदुर वर्ग ,आन्दोलन र श्रमजिवीका समस्याका विषयमा निकै सचेत रहेको नजिकबाट संगत गरेकाहरुले बताउँछन् ।
Comments

