फोहोर व्यवस्थापनमा अवरोध सिर्जना

काठमाण्डौ । काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध सिर्जना भएको छ । फोहोर विसर्जनमा अवरोध भएको भन्दै काठमाण्डौ महानगरपालिकाले फोहर घर बाहिर नफाल्न अनुरोध गरेको छ। बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएपछि अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर–कम्पाउण्डमा सुरक्षित तवरले राख्न महानगरले सबैसँग अनुरोध गरेको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गरी अर्को सूचना नहुँदासम्म फोहोर सुरक्षित तरिकाले राख्न भनेको छ । विभागको २०८२ कार्तिक १४ गतेको विज्ञप्तिमा भनिएको छ ʻकाठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकोले फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहरमैला घर र कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ।ʼ

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित