यो समय टुटफुटको होइन, एकताको हो

जेसी सिंजाली
सामाजिक रुपमा हाम्रो संगठन अखिल भारत नेपाली एकता समाज आफ्नो लक्ष्य उदेश्यकोलागि अडिग छ । समाजमा हरेक प्रकारका अराजक र अराजनीतिक व्यक्तिहरुबाट संगठित एकतालाई तितरवितर बनाउने कुचेस्टा गर्ने मानिसहरु समाजमा विगत र वर्तमानमा भएका भए पनि एकता समाज परिवर्तनशील छ । त्यसकारण यसप्रकारका गतिविधिले सामाजिक कार्यलाई झन् एक रुपतामा आधारित समाजको विकासलाई खोजिरहेको हुन्छ ।

त्यसकारण हामी सचेत भएका मात्रै संगठित होइन । आम नेपालीहरु नै एक ढिक्का भएर उभिनु पर्ने , कुचाल र कु चेष्टा राख्ने मनुष्यहरु भेटिन्छन् भने पनि किनारा लगाउदै सचेत नागरिकको भूमिका खेल्नुपर्ने आजको आवश्यकता हो । आवश्यकता अनुसार हामी भारत भरि छरिएर रहेका आम श्रमजीवी नेपालीहरुको हक हितका लागि संधै अगाडि बढिरहेको अवस्थामा हाम्रो एकतालाई धमिलो बनाउने कु चेस्टा कसैले नगरेकै राम्रो । भारतबासी नेपालीहरुको हकहितका लागि १९७९ देखि लगातार आफ्नो सामाजिक यात्रा अगाडि बढाई रहेको अवस्थामा हामी वैचारिक धरातलबाट अगाडि आउनु पर्ने यतिबेलाको अवस्था हो । अनावश्यक कुतर्कबाट समाजलाई खलबल बनाउने कार्यको अगुवाइ गर्नु कति राम्रो छ । यो नेपाली मजदुरहरुले बुझ्नु पर्ने छ।यहाँ १८१६ र १९५०का सन्धि पछि कुनै पनि अवस्थामा हाम्रो समाज अखिल भारत नेपाली एकता समाजले हर नेपाली र नेपालको बारेमा घातक कार्यको विरोधमा निरन्तर रुपमा आवाज उठाउदै आएको छ । अहिले एकतामय हुदै जानुपर्नेमा हामी अनएकता तिर लम्किनेहरु पनि भेटाउँछौँ यो कुनै पनि समयमा राम्रो हुदैन ।
आज देशको अवस्था निकै नाजुक अवस्थामा रहेको बेला हामीमा नै चिरा चिराको अवस्था हुदा कसलाई हुन्छ फाइदा ? जनताले हामीलाई नै प्रश्न उठाउने ठाउँ धेरै छन् । यो अवस्थामा भारत वासी आम कामदार नेपालीहरु नै एक ढिक्का भएर अघि बढ्नुपर्ने अवस्था आएको छ ।

हामी सचेत भारतव्यापी कार्यरत नेपालीहरुका बिचमा एकताको हात बढाउनुपर्ने अवस्था छ । एकतालाई खलवल बनाउने खालको कुचेस्टा कसैबाट हुनु भनेको के यो राम्रो विषय हो ? यस्ता प्रश्नहरु यहाँ धेरै श्रमजीवी नेपालीहरुले आफुले बाचा गर्दै हिडेकाले विचविचमा घात गर्दै हिड्दा कस्तो धारणाले हेर्ने यिनीहरुलाई ? अब आमरुपमा नै सचेत प्रवासी नेपालीहरुले गम्भीरतापूर्वक विचार गर्नुपर्ने समय आएको छ । निर्मल लामा दिन भरि संगठन विस्तार ,रातभरि रेल्वेको बिस्तार गर्दै गरेको अवस्था थियो रे । आजको अवस्थामा सबै चिजबिजको सुविधा हुदाहुदै पनि मान्छे हन्डर खानुपर्ने अवस्था आउन सक्नेछ । यहाँ सबैलाई थाहा भएको विषयमा पनि कुठाराघात गर्ने कोसिस गरिएको छ । संगठनलाई कसरी हुन्छ चिराचिरा हुनबाट जोगाउनु छ । चुपचाप संग रहेर अहिले आएर एकताविरुद्ध जन चाहाना विपरीत संगठनका अगुवाइ गर्नेहरु नै लागेका छन् । कति नराम्रो ।

यहाँ हामीले बुझ्नु पर्ने हो कि यो गलत धारणाबाट अगाडि आएको विषय हो ।
त्यसकारण कसैले आफू राजा बनेर अरुलाई रैती बनाउने कोसिस गर्दछ भने हामी सचेत र संगठित एकताले प्रतिकार गर्नुपर्ने समय आएको छ । जहाँसम्म हामीबाट भएका कमि कमजोरीहरुलाई पनि हामीबाट नै सुधार गर्दै अगाडि बढ्ने हिम्मत हामी बाटनै उठान गर्नु पर्ने आजको आवश्यकता छ । यहाँ हामी कति इमानदारीपूर्वक उभिन सक्छौं त्यो भविष्यमा देखिदै जानेछ । त्यसकारण यो समय भनेको टुटफुटको होइन एकता र एकरुपताको हो
हामी सही कार्य दिशामा अघि बढौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित