काठमाडौं । अफगानिस्तानको मजार शरिफ शहर नजिकै सोमबार ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। भूकम्प गहिराइ २८ किलोमिटर रहेको छ। बाल्ख प्रान्तको शोलगारा जिल्लामा धेरै जना घाइते भएका छन् ।अफगानिस्तानमा गत अगष्ट महिनामा पनि भूकम्प गएको थियो ।
Comments

