राष्ट्रपति र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

काठमाण्डौ । कतारको भ्रमणमा रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच कतारको राजधानी दोहामा भेटवार्ता भएको छ ।
दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै कतार पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका बीचमा भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिकालागि राष्ट्रसंघसँग निकट रही काम गर्न नेपाल तयार रहेकोे समेत भेटमा बताउनु भयो ।
जेनजी आन्दोलन पछिको देशको अवस्थाको बारेमा समेत जानकारी गराउँदै राष्ट्रपतिले फागुन २१ गते हुने ,निर्वाचनले देशमा निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्रा सुनिश्चित गर्ने विश्वास व्यक्तगर्नु भएको छ ।
भेटमा पौडेलले कार्बन उत्सर्जन नगण्य रूपमा गरे पनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीररूपमा भोगिरहेको बताउँनु भयो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा समेत गर्नु भएको विभिन्न समाचार माध्यमले जनाएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित