भाद्र २४ गतेको घटनाको अनुसन्धान गरिदिन जाहेरी

काठमाडौँ । जेनजी प्रदर्शन भाद्र २३ पछि भाद्र २४ गते भएको लुटपाट, आगजनी र तोडफोडमा संलग्नबारे अनुसन्धान गरिदिन भन्दै प्रहरीमा जाहेरी दरखास्त परेको छ ।
जेन–जी प्रदर्शनका बेला आगजनी , तोडफोड र लुटपाटमा परेको सर्वोच्च अदालत र जिल्ला अदालत,काठमाडौंका तर्फबाट जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी परेको हो ।
२४ भदौमा देशभर सरकारी कार्यालयहरु, व्यवसायिक भवनहरु, संसद, कार्यपालिका लगायत न्यायपालिकामा आगजनी, लुटपाट र तोडफोड भएको थियो । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतसहित देशभरका २३ न्यायालयमा क्षति पुगेको थियो । अदालतहरुका मिसलहरु जलेका कारण न्याय सम्पादनको कार्यमा अवरोध हुँदै आएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित