काठमाडौं । केही दिन यतादेखि अवरुद्ध भएको पर्यटकीय गतिविधि सुचारु भएको छ । एक हप्ता अगाडिदेखि अवरुद्ध भएको पर्यटकीय गतिविधि वर्षा रोकिएसँगै सामान्य तर्फ फर्किएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अहिले सगरमाथा, अन्नपूर्ण, लाङटाङ, मनास्लु सहित पदमार्ग खुला भएका छन् । आकास खुलेको छ भने पदमार्गको जोखिम समेत हटेको छ । वोर्डले पर्यटकहरुलाई सडकको बारेमा जानकारी लिएर यात्रामा निस्कन अनुरोध गरेको छ ।
Comments

