पठानकोट । अखिल भारत नेपाली एकता समाज पठानकोट नगर समिति अन्तर्गत दलौजिरोड एरियामा कार्यरत नेपाली मजदूरहरूबीच प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । बिर बहादुरको पहलमा र समाजका सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्यहरू सम्झना शर्मा र सुशिला सुनारको विशेष उपस्थितिमा नोवेम्वर २०२५ का दिन प्रशिक्षणात्मक बृहत् भेला सम्पन्न भएको हो । उक्त भेलाले ज्ञान बहादुरको अध्यक्षतामा, ११ सदस्यीय दलौजीरोड एरिया समितिको चयन गरेको छ। जसमा उपाध्यक्ष बिर बहादुर सुनार, सचिव सुरज सुनवार, उप सचिव निर्मल सुनार, कोषाध्यक्ष कृष्ण सुनवार, सदस्यहरू गोपाल सुनवार, हरी सुनवार, लक्ष्मी सुनवार, भरत सुनवार, पुजा सुनवार र एक स्थान रिक्त राखिएको छ। नव गठित समितिलार्इ समाजका केन्द्रीय सचिवालय सदस्य आरबि कौशल, क्षेत्रीय सदस्य सम्झना शर्मा र सुशील सुनारले नवगठित समितिलाई बधाइ दिनु भएको थियो।

