एम्स कलेजले ल्यायो यस क्षेत्रमै सर्वोकृष्ट नतिजा ।

बुटवल । व्यवस्थापन संकायमा बृहत् पहिचान बनाउँदै आएको एम्स कलेज बुटवलले २०८२ कार्तिक १९ गते त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित बीबीएस तेस्रो वर्षको नतिजामा पश्चिमाञ्चल क्षेत्रमै सर्वोकृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ ।कलेजका अनुसार बीबीएस तेस्रो वर्षको नतिजामा ७७.२% अंक ल्याएर उत्कृष्ट नतिजा प्राप्त गर्ने करिश्मा तिवारी र बीबीएस चौथो वर्षमा ७६.६% अंक ल्याएर प्रथम हुने इशा पाण्डे लगायतका सफल विद्यार्थीहरूलाई आज एक विशेष कार्यक्रममार्फत सम्मान गरिएको हो।
कार्यक्रममा एम्स कलेजका अध्यक्ष मनहरी बश्यालले कलेजले स्थापना कालदेखि नै विशिष्ट नतिजा हासिल गर्दै आएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अझ व्यवहारिक पक्षमा निपूर्ण बनाउन उत्प्रेरित गर्नुभएको थियो। उहाँले शैक्षिक उत्कृष्टतासँगै व्यावहारिक दक्षता पनि आजको समयको आवश्यकता भएको बताउनुभयो।
त्यसैगरी स्कलर्स होम स्कूलका प्राचार्य बाबुराम बञ्जाडेले आजको प्रतिस्पर्धी बजारको माग पूरा गर्न सक्ने सक्षम जनशक्ति उत्पादनमा कलेज सधैं सक्रिय रहेको जानकारी दिनुभयो।कार्यक्रमको समन्वय क्याम्पस प्रमुख दीपक ढकालले गर्नुभएको थियो। उहाँले एम्स कलेजले हालको नतिजा देशकै उत्कृष्ट नतिजा रहेको दाबी गर्नुभयो।
कार्यक्रममा ल्पस टु सम्योजक चेतनारायण पन्थी, प्राध्यापकहरु कपिलमणि ढकाल, यज्ञ प्रसाद न्यौपाने, सुरज शाक्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित