बिनु के.सी.( जि.सी.) को निधन

 

कात्तिक २० गते, काठमाडौँ । साहित्यकार बिनु के.सी.( जि.सी.) को निधन भएको छ । उहाँको आज दिउसो ३ बजे काठमाडौँ बालाजुको सिल्भरल्यान्ड अस्पतालमा मृत्यु भएको हो । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आजै शोकवक्तव्य जारी गर्दै बिनु के.सी.( जि.सी.) प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ । बिनु गत १८ वर्षदेखि ब्रेस्ट क्यान्सर पीडित हुनुहन्थ्यो । उहाँले क्यान्सर पीडित बिरामीलाई पनि लगातार उत्साह र प्रेरणा दिइरहनु भएको थियो । उहाँ क्यान्सरपीडित संस्थासित सम्बद्ध भई क्यान्सरपीडित बिरामीको सेवामा लाग्नु भएको थियो। बिनुको पति नेकपा (मसाल) ३ नम्बर प्रदेश ब्युरोका प्रवक्ता समीर सिंह हुनुहुन्छ । बिनुले प्रगतिशील लेखक सङ्घ काठमाडौँ जिल्ला समितिमा समेत रहेर काम गर्नुभएको थियो । साहित्यक्षेत्रमा उहाँको सक्रियता थियो । उहाँको एक छोरा अभिदर्शनछन् । बिनुको आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित