– नारायण योगी
म ओच्छ्यानमै गुडुल्किएको थिएँ,
आमाले बोलाउनु भयो
ए कोदे !
ए कोदे! उठ मेलामा अरू सबै गए ।
म हस्याङ, फस्याङ गर्दै आखां मिच्दै उठें ।
नित्य कर्म सकी
भटमास मिसिएको गुन्द्रुक सँग ढिंडो निलें।
पेटका तन्तुहरू सकृय बने
केही बेर, पश्चात सहर्ष
म कोदे हुँ, कोदे हुँ भनेर गर्जिए ।
आमा भान्साबाट बोल्नु भयो
के अरू ढिडों थप्छस कोदे ।
नाई नाई अब पर्दैन भने ।
आमाले सानैबाट कोदे भनेर बोलाउनु भयो
त्यो कुरा म बिस्तारै अहिले बुझ्दै छु ।
कोदो संग जोडिन पाएकोमा म निकै हषिर्त छु ।
कोदो –
मानव जीवन बचाउने, अतुलनीय
पोषक तत्व एक संजीवनी ।
धर्ती फोरेर
आइरन,क्याल्सियम,फाईबर,
भिटामिन, प्रोटिन कार्वाेहाईड्रेड अथाह सोसेर ।
मानव शरिरमा उर्जा प्रदान गर्ने अमृत तुल्य अन्नयो ।
आदिकालदेखि हैजा र अन्य व्याधीसँग
संजीवनी बनेर भिडेको ।
दाना दानामा राष्ट्र प्रेमको अदृश्य धागो
अस्तित्वमा झल्किन्छ । समाउंछु बिरुवा
हातमा थुप्रै रंग लिएर
धरा गगनमा चम्किन्छ ।
धैर्य, शक्ति, आत्मनिर्भरता
राष्ट्रिय गौरव गाथा को सुवास ।
यै ले नै वीर भद्र र वीर,
वीरांगनाले कांगडामा रचे नयाँ इतिहास
कथाझै लाग्ने हजुर आमाको कुरा घुम्यो
रिलझैं मानसपटलमा मेरो।
हैजाले सोत्तर पारेको हृदय बिदारक
त्यो दुखदायी घटनाको कुरो ।
बचायो मनुष्य कोदोको रक्सिले जीवन अनेक ।
जीवितै रहे धेरै गाउँका जन पिइ तत्व पोषक ।
हर्ष बिभोर वनेर हर्ष तिरेक आँसु खसाल्दै
अंकमाल गरे खुबै ।
बाजे बज्यैले बुबालाई
छातीमा टाँसेर खुशी ले रोए दुवै ।
कोदो रोप्न व्यस्त थियौँ हामी सब मगन।
वर्षाले रिम रिमझिमरिम मस्त गगन
हरियो डाँडामाथि हलोजोत्ने साथी ––।
को रिङग् टोनसंगै घन्कियो मोबाईल घनन।
भन्दै थिए भिडियो कल है
भिडियो कलमा कुरा सबै भनन।
टाठैसुनियो नन्दलाल र श्याम ले
विदेशबाट बोलेको
क्यामेरा कोदोबारीमा सरर दौडियो ।
उनीहरू भए गद्गद देखेर कोदोे ।
मेरो पनि छाती चौडा भयो,
हर्षतिरेक आँसु कतिबेला झ¥यो ।
अनायासै बोलेछु हो म कोदे हुं !
म कोदे हुं! म कोदे नै रहनेछु रे।

