हैदरावाद । अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा ४७ औ स्थापना दिवस एवं २०२५ सालको जनवादी भैलो समापन कार्यक्रम २०२५ नोभेम्बर ७ का दिन सम्पन्न भएको छ । समारोह कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो ।अतिथिहरुमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा, अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला विभागका सचिव कोपिला धिमाल तथा अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सचिवालय सदस्य राम प्रसाद पौडेल हुनुुहुन्थ्यो ।
समाज संगठन र पार्टीले सन्चालन गरेका विभिन्न किसिमका जनआन्दोलन र युद्धहरुमा सहिद हुनु भएका सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायलाई अखिल भारत नेपाली एकता समाज उत्तर हैदरावाद नगर समितीका सचिव लोकेश सिंजालीले शब्द द्वारा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुमा समाजका अध्यक्ष आनन्द थापा ,कोपिला धिमाल ,राम प्रसाद पौडेल ,दिलमाया थापाले अखिल भारत नेपाली एकता समाजको स्थापनाको महत्व ,आवश्यकता र उद्देश्यको बारेमा आफ्नो धारणा राख्नुभएको थियो। ०७ नोभेम्बर १९७९ सालमा वनारसमा सात जना सदस्य रहेको अखिल भारत नेपाली एकता समाजको स्थापना गरिएको थियो। सात जना स्थापित सदस्यहरुमा अहिले सम्म समाजका अध्यक्ष गोविन्द सिंह थापा र राजु नेपाली नेपालको राजनीतिकमा सक्रिय हुनुहुन्छ भने अरु पाँच जना सदस्यहरु जीवित हुनुहुदैन तर पनि उहाँहरुको योगदानले आज भारत प्रवास र अन्तर्र्राष्ट्रमा नेपाली श्रमिकहरुको न्याय र समानता को लागि अखिल भारत नेपाली एकता समाज अविभावकिय रुपमा मन मुटुमा बस्न सफल भएको छ र आज सट्चालिस वर्षमा सुरुवात गरेको छ।यो अवधिमा समाजमा विभिन्न किसिमका उतार चढाव र चुनौतीहरु आईरहेको छन् तर पनि अखिल भारत नेपाली एकता समाज आफ्नो उद्देश्य प्रति अग्रसर हुदै आएको छ।देशमा सत्ता परिवर्तन देखि लिएर प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चित गर्नु पर्ने र १९५० मा भारत र नेपाल बीच जुन मैत्रीपूर्ण सन्धि सम्झौता भएको छ त्यो मुताविक रहन भारत सरकारलाई दबाब सृजना गर्दै आम नेपालीहरुका हक र अधिकारको लागि संघर्ष गर्दै निरन्तर रुपमा अगाडी बढिरहेको छ।
अखिल भारत नेपाली एकता समाज ले समय समयमा नेपाली सस्कार सस्कृति चाडवाड र उत्सवहरु लाई छाडा रुपमा नभएर प्रगतिशील रुपमा कार्यक्रम को आयोजना गरी मनाउने गरिएको छ। त्यसकारण पनि अखिल भारत नेपाली एकता समाजको स्थापना र त्यसको महत्त्व छुट्टै रुपमा भएको पाउन सकिन्छ।
कार्यक्रमको संचालन अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति सचिवालय सदस्य लक्ष्मी शर्माले गर्नु भएको थियो।
अन्तमा कार्यक्रमका अध्यक्ष कृष्ण पौडेलले अखिल भारत नेपाली एकता समाजले सन्चालन गरेका प्रगतिशील तीज कार्यक्रम जनवादी भैलो कार्यक्रम र संगठनले समय समयमा गर्ने हरेक कार्यक्रममा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग पुयाउनु हुने आम कार्यकर्ता शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद सहित शुभकामना व्यक्त गर्दै कार्यक्रम भब्य रुपमा सफल भएको घोषणा सहित समापन गर्नु भएको थियो।

