बेङ्गलोरमा अखिल भारत नेपाली एकता समाजको स्थापना दिवस मनाइयो

भारत । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले ४७ औँ स्थापना दिवस सम्पन्न गरेर छ । कार्यक्रमको अध्यक्षता नगर कोषाध्यक्ष शिब राम विक‌ ले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव हरिश विक ले गर्नुभएको थियो । प्रमुख अथिति केन्द्रीय सदस्य धर्म राम विक ,अतिथि केन्द्रीय सदस्य शेरसिंह विक, केन्द्रीय सदस्य तथा हाँक सप्ताहिक पत्रकार करन दयाल,रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सदस्य गणेश विक, केन्द्रीय सदस्य तथा महिला नगर बिभाग कि सचिव मिना विक, बिध्यार्थी केन्द्रीय सदस्य पुष्पा दयाल, क्षेत्रिय सदस्य द्रोपती विक, क्षेत्रिय सदस्य हिरा ओड, क्षेत्रिय सदस्य बिरेन्द्र विकको अतिथ्यता रहेको थियो। अतिथि आशन ग्रहण पछि देश र जनताको निम्ति सहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात सहिद हरू प्रति एक मिनेट मौनधारण गरिएको थियो । मौनधारण पश्चात उपस्थित जनमानसलाई नगर सदस्य अर्जुन टमटले शब्दबाट स्वागत गर्नु भएको थियो भने रक्तिम सांस्कृतिक अभियान कलाकारहरूले गित र संगीतबाट स्वागत गर्नु भएको थियो । स्वगत गित पछि प्रमुख अतिथि केन्द्रीय सदस्य धर्म राम विक ले तालीको गडगडाहटका साथ दिपप्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनमा बोल्दै नेता धर्म राम विक ले भन्नु भयो – “हाम्रो गौरवशाली संगठन अखिल भारत नेपाली एकता समाजको सन् १९७९ नोभेम्वर ७ मा बनारसमा स्थापना भएको थियो । एकता समाज भारतमा रोजगारीका लागि आएका नेपालीहरुको संगठन थियो । समाजका संस्थापक सभापति गोविन्दसिंह थापा (गोरखपुर), उपसभापति रामचन्द्र शर्मा (पाण्डेचेरी), मन्त्री पदम राना (फरिदावाद), उपमन्त्री दण्डपाणि न्यौपाने (गोरखपुर), सदस्य राजु नेपाली (नयाँ दिल्ली), सदस्य रत्नबहादुर (कलकत्ता) र सदस्य दुर्गाप्रसाद शर्मा (मद्रास) हुनुहुन्थ्यो । अहिले संस्थापक सदस्यहरुमा दुईजना मात्र जीवित हुनुहुन्छ । त्यसमा संस्थापक सभापति गोविन्दसिंह थापा  र राजु नेपाली अहिले पनि जिबितै हुनुहुन्छ । उहाँहरूले सुरुमा एउटा पर्चा प्रकाशित गरेका थिए । सो पर्चा भारतस्थित नेपालीहरुको हातहातमा पुर्याउने निर्णय भएको थियो । सो पर्चामा भारतस्थित सम्पूर्ण नेपालीहरुलाई आफ्नो हक र अधिकारका लागि आफै संगठित भएर संघर्ष गर्नु पर्ने कुरा उल्लेख भएको थियो । पर्चामा भारतस्थित सम्पूर्ण शोषित पीडित जनतालाई एकता समाजको झण्डामुनि गोलवन्द हुन आह्वान गरिएको थियो । त्यसपश्चात दस्तावेजहरुले तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेपालका वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्ने कुरा उल्लेख गरेका थिए । हाम्रो संगठनले लगातार नेपालीहरूको बीचको सम्बन्ध र नेपालको जनतान्त्रिक आन्दोलनलाई सहयोग पुर्याउँदै आएको सर्वविदितै छ । नेपालमा हुने विभिन्न प्रकारका प्रगतिशील तथा जनतान्त्रिक आन्दोलनहरूमा साँस्कृतिक पहिचानदेखि, राजनीतिक एवं नैतिक पक्षमा एकता समाजको निरन्तर सहयोग रहँदै आएको छ । नेपालको वामपन्थी आन्दोलनमा एकता समाजले निरन्तर टेवा पुर्याउँदै आएको छ । नेता, कार्यकर्ता, कलाकार, स्वयंसेवक समेत स्वदेश पठाई देशमा श्रमजिवी वर्गको पक्षमा चल्ने जनतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिंदैआएको छ । ”

केन्द्रीय सदस्य तथा महिला नेतृ मिना विक ले महिला अधिकारका लागि महिलाहरु नै संगठित रूपमा शसक्तिकरण गरेर मात्र महिला मुक्ति हुने बताउनुभयो । अन्य मनतव्य राख्नेहरूमा केन्द्रीय सदस्य तथा हाँक सप्ताहिक का पत्रकार करन दयाल, केन्द्रीय सदस्य शेरसिंह विक, केन्द्रीय सदस्य तथा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य गणेश विक, क्षेत्रिय सदस्य द्रोपती विक, क्षेत्रिय सदस्य हिरा ओड, क्षेत्रिय सदस्य अरुणा विक, क्षेत्रिय सदस्य बिरेन्द्र विक, बिध्यार्थी केन्द्रीय सदस्य पुष्पा दयाल ले मन्तव्य राख्नु भएको थियो। अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर विक ले पठाउन भएको शुभकामना पत्र सञ्चालकले पढेर सुनाउनु भएको थियो ।
कार्यक्रम अन्तमा २०२५ को प्रगतिशील देउसी भैलोमा लगातार ५ दिन सम्म भैलो खेल्ने कलाकार हरूलाई नगर समितिले सामान्य पुरष्कार बितरण गरेको छ । उक्त पुरस्कार प्रमुख अतिथि धर्म राम विक द्वारा हस्तान्तरण गरिएको थियो । त्यसै गरेर अखिल भारत नेपाली एकता समाज ताउरेकेरे एरिया समिति का सदस्य मानबहादुर विक लामो समय देखि मृगौला पीडित हुनुहुन्छ वहाँको हप्तामा दुई दिन डाइलशीस गर्नुहुन्छ । त्यसकारण यस नगर समितिले रू ५००० हजार आर्थिक सहयोग प्रदान गरेको छ।
अन्तमा स्थापना दिवस समारोहका अध्यक्षले कार्यक्रम बिसर्जन गर्नु भएको भयो

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित