रुपन्देही – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ । शनिवार रुपन्देहीको सैनामैनास्थित पर्रोहामा पार्टीको पाँच नम्बर ब्युरोको बैठकमा प्रशिक्षणमा नेताहरुले स्वाधीन संयुक्त सरकार आवश्यक रहेको बताए ।
सो अवसरमा पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलले बर्तमान संसदीय ब्यवस्था असफल भइसकेको बताउदै त्यसको बिकल्पमा देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउन आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रममा पार्टीका नेता प्रेम सुबेदी र ब्युरो सचिव जितामित्र सुनारलगायतले बोल्नुभएको थियो । सो अवसरमा पार्टीका नवलपरासी, पाल्पा, कपिलबस्तु, गुल्मी अर्घाखाँची र रुपन्देहीका नेताहरु सहित जबस मोर्चाबाट समेत रिर्पोटिङ समेत गरिएको सो पार्टीले जनाएको छ । बैठकले पार्टी केन्द्रको योजना अनुसारका संगठन र संर्घषका योजना समेत बनाएको ब्युरो सचिव सुनारले जानकारी दिनुभयो ।

