शालिकराम भण्डारी
विभिन्न निहुँ पारेर गठन भएका कम्युनिष्ट पार्टीहरु नेपालमा प्रशस्त भएका छन् । तिनीहरुको संख्या अहिले सम्म १४ वटा पुुगिसकेका छन् । ती मध्ये कोही काल्पनिक कोही वैज्ञानिक । कम्यनिष्ट सिद्धान्तमा विश्वास गर्छन् । काल्पनिकहरु सबै पुँजीवादी शिविरमा पूर्णरुपले गैसके जस्तो ओलीपार्टी ( एमाले ) एकीकृत समाजवादी ,पार्टी सो पार्टी ०४६ साल बाटै नै बाटो छोडिसकेका थिए । यिनीहरु आफ्नो कार्यालयमा माक्र्स ,एङगेल्स , लेनिनको फोटो पनि राख्न चाहदैनन् । तै पनि मजदुर किसानको संकेत हुने चिन्ह हसिया ,हथौडा राख्ने छोडेका छैनन् ।
यो के को लागि हो? जनतालाई भ्रम दिन मुुर्ख बनाउन मात्र हो । जबरजस्ती ल्याइएका कार्यकर्ताले कम्युनिष्ट भन्न लज्जाबोध गर्दछन् । भन्नकोलागि गरिएको चालबाजी मात्र हो । अर्को पार्टी नयाँ जनवाद हँुुदै समाजवादमा जानकोलागि जनयुद्ध गरेको पार्टी बीचैमा छोडेर जबजमा सामिल भएको छ । त्यसबाट सर्वहारा वर्गको क्रान्ति सम्भव हुन्न (माके ) । माकेबाट असन्तुुष्ट भइ क्रान्ति गर्न अलग भएको पार्टी खोलिएको थियो । जसको नाम माओवादी क्रान्तिकारी थियो त्यसमा सामेल भएका केही कम्युनिष्टहरुले छुटै पार्टी खोलेर अर्को युद्ध शुरु गरेर अहिले सम्भव थिएन । त्यसैले आपसमा नै मतभेद बढ्दै गयो । अलग अलग संगठन खोलिएको नाम नेकपा(विप्लव ) ,अर्कोको नाम नेकपा बहुमत । बहुमत माओवादी क्रान्तिकारीमा मिसियो । नेकपा विप्लव जवजवादीमा जोडतोडले जानेछ । क्रान्तिकारीमा सामेल भएको बहुमत फेरी फुुट्यो । बेग्लै नाम राखेर अगाडि बढ्दैछ । कसबेला के हुने हो भन्न सकिँदैन । यसले के संकेत गर्छ ? मालेमा सिद्धान्तको अज्ञानता दरिद्रता मात्र । अरु यस्तो अस्थिरता किन ? अर्को पार्टी छ । कुरा क्रान्तिकारी व्यवहार जवज वादी , जवजवाद भनेको के हो? संसदको निमित्त चुनाव लडेर बहुमत प्राप्त पछि सत्ता सम्हाल्दै त्यसैबाट समाजवाद ल्याउने । वर्गसंघर्षको वास्तविकतालाई इन्कार गर्ने । अर्को केही पार्टी छन् । संसद बहिस्कार गरेका छन् । सत्तामा गएका छैनन् । आफ्नो आफ्नो गुटको मुखिया भएर बस्न रुचाएका छन् । क्रान्तिकारी आफूलाई घोषित गर्छन् । तर कुनै क्रान्तिकारी पार्टी ,व्यक्ति समुहसँग वार्ता संवाद गर्दैनन् ।
कसैले माक्र्सदेखि माओसम्मका विश्व अग्रदूत कुनैलाई दोष लगाउँछन् ,खोट देख्छन् । कसैले कसैलाई यही नेपालमा सर्वहारा वर्गको क्रान्ति समाजवादी क्रान्ति गर्नु नै छ भने यो सब अभिनय किन ? ती सब महानायकको आर्थिक,राजनैतिक साँस्कृतिक विषयमा के कमजोरी छ ? तर्क सहित देखाउन प¥यो नि । नेपाल जस्तो औद्योगिक क्रान्ति विकसित अवस्थामा पुगिनसकेको सर्वहारा दलाल बेगर यही इतिहास राजनीति अर्थनीति संस्कृतिलाई माक्र्सवादी दर्शन , भौतिकवादी कसरी विकसित गर्न सकिन्छ ? सोध्नपर्ने हो नि माक्र्सवाद भन्छ पुुराना सबै इतिहास दर्शन , अर्थनीति संस्कृति असत्य हुुन् । तिनलाई टेकेर नयाँ समाज निर्माण गर्न सकिँदैन । समाज एकातिर कम्युनिष्टहरु अर्कोतिर हुन जान्छन् । सामन्तको भूमि हडप्दा त्यती कठोर हुनुहुन्न कि भन्ने त्यस्तो रक्षक राजसस्थाप्रति उत्तर हुने उसलाई मान्दै आएको पुरानो चलन अनुसार सम्मान गर्ने त्यस्तै पुँजीपति वर्गप्रति उदार व्यवहार गर्ने त्यस्तै धर्मसम्बन्धी केही पर्न आयो भने समाजले मान्दै आएको रीतिरिवाजलाई मान्ने पर्छ नचिनेर वकालत गर्ने माक्र्सवादलाई नष्ट गर्ने बाहेक अरु के भयो र?
यो महारोग कोरोना विश्वव्यापी छ । त्यसैले क्रान्तिकारी भएको दावी गर्ने जतिसुकै भए पनि तिनीसँग एकता गर्ने हैन तिनमा रहेका तितरवितर छरिएका क्रान्तिकारी समुहसँग कम्युनिष्ट एकता गर्ने हो । त्यसैले मात्र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सक्छ । अन्यथा असम्भव हुन्छ । नेपालमा २५० वर्ष सम्म निरंकुश तानाशाही शासन संचालन गर्दै आएको शाह वंशीय राजतन्त्र राजनैतिक रुपले मात्र फ्याकियो अर्थतन्त्रमा उसलाई केही केहीक्षति भएन । प्रतिक्रियावादी नेपाली कांग्रेस पार्टी उससँग मिलेर दक्षिणपन्थी संशोधनवादी जवजलाई क्रान्तिको दिशालाई मान्ने अहिले माओवादी केन्द्र मिलेर अहिलेको राजा ज्ञानेन्द्रलाई नारायणहीटि छोड्न बाध्य गराएको हुन् । गणतन्त्र स्थापित गराएका हुन् । त्यसबेला ओली भन्ने व्यक्ति गणतन्त्रको विपक्षमा थिए । यदि क्रान्तिकारी पार्टीले राजतन्त्र फाल्न सकेको भए आजको भूपुु ज्ञानेन्द्र राजाको फर्किन खोज्ने आँट हुुँदैनथ्यो र आफै उपस्थित भएर तीनकुने घटना घटाउन साहस हुने थिएन । भाद्र २३ र २४ मा जेनजी युवाहरुको नाममा प्रसस्त विभिन्न कलरका व्यक्तिहरु घुसाएर तिनीहरु आगजनी लुटपाट, ऐतिहासिक भवन नष्ट हुने थिएनन् । भ्रष्ट गठबन्धन सरकारले सामाजिक संजालमाथिको प्रतिबन्ध फुकुवा गर्ने जेनजी युवाहरुको प्रदर्शनमाथि यही सरकारले अन्धाधुुन्ध गोली चलाउँदा त्यति धेरै युवकहरुकाृ ज्यान गयो । अुशुुद्ध घुसपैठियाहरु बचे ।पश्चगामी यथास्थितिवादी शक्तिहरु देशको राजनीति अस्थिर बनाएका छन् । भविष्य अन्धकारमय भएको छ । बाह्य शक्तिको हस्तक्षेप दिन प्रतिदिन बढ्दै छ । तर यहाँका सत्ताधारी प्रतिपक्ष दल चुनावमा बहुमत ल्याउन कम्मर कसेका छन् । ०८४को मिसन ०८२मा फर्कदा पनि यिनलाई रक्तिभर चिन्ता छैन । रमाइलो खेल जस्तो भएको छ । प्रतिगमन अथवा यथास्थितिवादसँग अमेरिकी साम्राज्य र भारतीय विस्तारवादले मौका अवसर हेरेर कहिले कसलाई सहयोग गरिरहेका हुन्छन् उनलाई नेपालको राष्ट्रियता जनजीविका र जनतन्त्रसँग कुनै गहिरो नाता हुँदैन । भरखरै भारतले नेपालको भूूभाग लिम्पियाधूरा ,कालापानी लिपुलेकमा आफ्नो नक्सा जबरजस्ती अंकित गरेर लिपुलेक हुँदै चीनसँग व्यापार सन्धि ग¥यो । चीनले पनि नेपालको सहमति बिना सन्धिमा हस्ताक्षर ग¥यो । त्यस सन्धिले के संकेत गर्छ ? भने चीन पनि अहस्तक्षेपकारी साम्राज्यवाद, विस्तारवादको पङितमा गइसक्यो । यसैगरी बढ्दै गएमा उसको चाल पनि अमेरिका ,भारत सरह हुनेछ । सानाठूला पीडित राष्ट्रहरु बाट पाएको मित्रता ,सम्मान गुमाउनुपर्ने छ । भारतले क्षत्रीय तहमा र अमेरिकाले विश्वस्तरमा हस्तक्षेप गरेकै थिए । चीनको नाम पनि तेस्रो श्रेणीमा दर्ता हुनेछ । नेपालको सार्वभौमिता ,राष्ट्रिय स्वाधिनता माथिको बज्रपात हुँदा पनि यहाँका तीन दलहरु नेपाली कांग्रेस ,ओली पार्टी ,माओवादी केन्द्र एक शब्द पनि बोल्दैनन् । अरु च्याउ उम्रेसरी गठित पार्टीको कुनै महत्व छैन । कहिले कता कहिले कता लागिरहन्छन् । पीङ खेल्छन् । बरु मरिसकेको राजतन्त्र र त्यसको पार्टी राप्रपा बढी भन्दा बढी चुरफुर गर्न लागेको छ त्यो देश र जनताको निमित्त खतरनाक हो । त्यसले कहिले पनि निर्णय लिन सकेन । २५० वर्षको इतिहासले स्पष्ट रुपमा देखाइसकेको छ । नेपालको सत्ताको निमित्त प्रतिस्पर्धा गरिरहेका पार्टीहरु नेपाली कांग्रेस र कुनै बेला कम्युनिष्ट कक्षामा भर्ना भएका कम्युनिष्टहरु सत्ता लुछाचुँडीको आपसी संघर्षमा छन् । ८५ देखि ९० प्रतिशत जनताको मुख्य समस्या राष्ट्रियता,जनातन्त्र ,जनजीविका उनको नजरमा पर्दैन ।
यो राजनीतिक आर्थिक सोच समझदारी को दरिद्रता बाहेक अरु केही छैन । उनी वर्गमा विभाजित समाजमा वर्ग विश्लेषण गर्दैनन् । बरु यसो भन्दा ठीक होला तिनीहरु अति उच्च वर्गको पक्षमा मात्र वकालत गर्छन् । त्यसरी समाज रुपान्तरण कुन चराको नाम हो, ती यथास्थितिवादीले छुट्याउन सकेका छैनन् । यसरी साम्राज्यवाद विस्तारवाद र घरेलु प्रतिक्रियावाद विरुद्ध लड्ने एउटा मात्र पार्टी छ । जोसँग मालेमावादी अस्त्र छ , जुन विनासकारी परमाणुअस्त्र भन्दा धेरै शक्तिशाली छ । यही अस्त्र हो जसबाट रुसमा समाजवाद प्राप्त हुन सक्यो । चीनमा नयाँ जनवाद हुँदै समाजवाद तिर जान सक्यो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनमा विकल्पको कार्यदिशा निर्धारण गरेको छ । आफ्ना कार्यनीति अनुसार अगाडि बढ्दैछ । हाल क्रान्तिकारी पार्टीहरु दर्ता भएका छन् । चार पाँच पार्टी छन् । एकताको नाममा हाकिमी एकता फलदायी हुँदैन । त्यसप्रकारको आतुरीपूर्वक गरिएका एकता टिकाउ हुन सकेनन् । उल्टो असर मात्र पर्न गएको पाइयो ।हाकिमसँग एकता ग¥यो केही कार्यकर्ता असन्तुुष्ट भएको पाइयो । कतै हाकिमले नै गोलबन्द गरेका छन् । त्यसैले एकता गर्ने भनेको क्रान्तिकारी व्यक्ति , समुुहसँग मात्र हो । छिटो दगुर्न हुँदैन । सुस्त र धैर्यता पूर्वक खेलेमा पनि जित्न सकिन्छ । मात्राको मात्र हैन गुणको जरुरी छ । आठहजासँग छ आठ सयले विजय हासिल गर्न सक्छ । एकता मालेमा सँग मात्र गर्नु पर्छ । २०८२–६–२६

