मनाइयो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाइएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा एक समारोहको आयोजना गरी श्रमिक महिला दिवश मनाइएको हो । कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघकी संयोजक सूर्या थपा, संचालन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की धनमाया निरौला तथा स्वागत अखिल नेपाल महिला संगठनकी क्रान्ति पाण्डेको रहेको थियो । कार्यक्रमका अतिथिहरुमा नेकपा (मशाल) जिल्ला प्रवक्ता बलिभद्र शर्मा, अखिल नेपाल महिला संगठनकी पवित्रा फुँयाल, अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला अध्यक्ष मनु विक., नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम चन्द्रहरी सुवेदी, नेकपा (बहुमत) का देवीकला अधिकारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडबरी थिए । शहिदहरुप्रति एक मिनेट मौनधारण पछि अगाडि बढेको ८ मार्चको कार्यक्रममा वक्ताहरुले श्रमिक महिला दिवसको ऐतिहासिकता, महिलाहरुको वर्तमान, सामाजिक राजनीतिक तथा आर्थिक अवस्था, राजनीतिमा प्रतिनिधित्वको अवस्था, महिलामाथि जारी उत्पीडन र हिंसाको कहालीलाग्दो अवस्था र त्यसबाट मुक्तिका लागि गर्नु पर्ने दायित्वका विषयमा आ–आफ्नो धारणाहरु व्यक्त गरेका थिए । कार्यक्रममा देवी कोइरालाको ‘नारी’ र गौरी दाहालको ‘प्रतिरोध’ शीर्षकको कविता पनि सुनाइएको थियो । कार्यक्रमको आयोजना देशको क्रान्तिकारी महिला संगठनहरु अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) तथा अखिल नेपाल महिला संगठनको संयुक्त आयोजनामा भएको थियो ।

दाङ, घोराहीः
आज २०७९ साल फागुन २४ गते अर्थात् आठ मार्च अन्तर्राष्ट्रिय नारी दिवस घोराही ३ बेलुवा शहीद स्मृति पार्कमा भव्यताको साथ सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष हेमन्ता घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सुशिला आचार्यले राख्नु भएको थियो । विशिष्ट अतिथिको आसनबाट नेकपा (मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारीले बोल्नु भएको थियो । कार्यक्रममा शुभकामना दिने अन्य वक्ताहरुमा नेकपा (बहुमत) केन्द्रीय सदस्य तिलक पुन, नेकपा क्रान्तिकारी माओवादी जिल्ला सहइन्चार्ज रामजी चौधरी, नेकपा (मशाल) का जिल्ला सचिव राम बहादुर जीएम, नेकपा (बहुमत) लुम्बिनी क्षेत्रीय ब्यूरो सदस्य कामरेड हिमाल, अखिल नेपाल महिला संघ जिल्ला प्रतिनिधि बसन्ता भट्टराई, प्रवास क्षेत्रबाट कमला घिमिरे, कुशुन्डा भाषा शिक्षिका खम्बा रोकाय, दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक बिक लगायत हुनुहुन्थ्यो भने नेपाल कम्यूनिस्ट पार्टी (मशाल) को किसान मोर्चाबाट मीनू प्रसाद सूवेदी, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य मेघराज भट्टराई र अखिल क्रान्तिकारीका लुम्बिनी ब्यूरो सदस्य धन बहादुर ओलीको पनि आतिथ्यता रहेको थियो ।
वक्ताहरुले भन्नुभयो आज ११३ आँै अन्तर्राष्ट्रिय महिला दिवस मनाई रहँदा छोरीलाई भ्रुण नास गरिँदै होला । यो धर्तीमा मुख दोखाउनसम्म अनुमति छैन । अरबका देशका महिला आज पनि बुर्का लगाएर हिंड़न बाध्य छन् । आज पनि दाइजोको कारण कति चेली ज्यूँदै जलिरहेका छन् । आज पनि कति बृद्ध आमालाई बोक्सीको आरोप खपिरहनु भएको छ । आज पनि छोरा नजन्माएको कारण बहुविवाहका शिकार बनेका छन् । यो दलाल पुँजीवादले महिलालाई बस्तुको रुपमा प्रयोग गरेको छ विज्ञापनको माध्यम बनेका छन् । आज पनि राष्ट्रिय नीति निर्माणमा मतदानको अधिकारसम्म पाएका छैनन् । यो विडम्वनापूर्ण अवस्थालाई चिर्न पनि हामी सम्पूर्ण महिला अधिकारको लागि अँझै संघर्ष गर्नुपर्ने वस्तुगत अवस्था छ । आज पनि महिला छोरी चेली निर्धक्क भएर हिंडडुल गर्न सक्ने वातावरण छैन । कुन ठाउँमा कुन चेली बलात्कृत हुनु पर्ने हो भन्न सकिने अवस्था छैन । ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेटको मौन धारणबाट कार्यक्रम अगाडि बढ़ेको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्ने वक्ताहरुले संघर्ष बिना कुनै पनि अधिकार पाइँदैन भन्नु भयो । आज पनि महिला मुक्तिको प्रश्न यो दलाल पुँजीवादी राज्य व्यवस्थाको अन्त्य र नयाँ जनवादी क्रान्ति बिना सम्भव छैन भन्नु भयो । यो समय क्रान्तिकारी शक्तिको ध्रुर्वीकरण हुने समयको माग भएको छ । आज संसारमा महिलाले जहाज उडाउन सक्ने महिला अर्को तिर महिलाको अनुहार तेजाब फÞालिन्छ । यो व्यवस्थाभित्र महिलालाई पाँच तारे होटलमा सेमिनार गरेर महिला अधिकारको भाषण गर्ने तर सुन्दरी प्रतियोगिता गराइरहेको छ । यो खुशियालीको रूपमा यो दिवस मनाऊने होइन यो संघर्षको समय हो । दिल्ली, मुम्बई, कलकत्ता मात्र होईन नेपाल कै ठूला होटेल रेस्टुरेन्टमा देह व्यापार गरेर जीवन निर्वाह गरिरहेका छन् । प्रतिक्रियावादी राज्य व्यवस्थाभित्र महिला मुक्ति सम्भव छैन । देशमा प्रधान न्यायाधीश, राष्ट्रपति, प्रधानमन्त्री हुँदैमा सम्पूर्ण महिला मुक्ति सम्भव छैन । हाम्रो देशमा राष्ट्रपति महिला हुँदैमा निर्मला पन्त, भगवती जस्ता छोरीले न्याय पाएनन् । महिलाको लागि आरक्षण होइन समान अधिकार प्रतिस्पर्धी बनाउन अनिवार्य कुरा हो । यो समय निर्माणमा महिलाको भूमिका पुरुषको तुलनामा बढ़ी छ । बंगलादेशमा महिला प्रधानमन्त्री भए कै समय तसलीमा नरसीनलाई देश निकाला गरेको उदाहरण हाम्रो अगाडि छ । जहाँ नीति, सिद्धान्त ठीक छ त्यहाँ मात्र सम्पूर्ण जातजाति, भाषाभाषी, लिंगीय मुक्ति हुनेछ । आज पनि आमाको नामबाट नागरिकतासम्म सजिलै पाउन सक्दैनन् । विचार पहिलो कुरा हो हामी थोरै छाँै भोलि धेरै हुने छौं । हामी अवस्था बदल्न अझै बाँकी छ । बलात्कृत महिला छोरी चेलीले आफ्नो पीड़ा राख्ने ठाऊँ कही छैन । चुलो चैकोदेखि कार्यालयसम्म भ्याउनु पर्ने बाध्यता कसरी अन्त्य गर्ने भन्ने विषयसम्म यो व्यवस्थाबाट मुक्त गर्दैन । अखिल (छैटांै) की जिल्ला सचिव यमसरि घर्तीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन चेतना रोकायले गर्नु भएको थियो ।

रुपन्देही
११३ औंै महिला दिवस मनाइएको छ । रुपन्देहीमा क्रियाशील तीन महिला संगठनहरुको आयोजनामा नारी दिवस बुटवलमा मनाइएको हो । बुटवलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि निमकला पुन हुनुन्थ्यो ।
“संसारका उत्पीडि़त महिला एक हौं” “अधिकार र न्यायका लागि संगठित बनौं” भन्ने उद्देश्य राखेर यो दिवस मनाइएको आयोजकले बताएका छन् । कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संगठन कि संयोजक कमरेड सितलले गर्नु भएको थियो । सो कार्यक्रमको संचालन अनेम संघका जिल्ला सचिव कमला गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेतृ कमला मरासिनीले गर्नु भएको थियो । मशाल निकट महिला संघका जिल्ला प्रतिनिधि गिता आचार्य लगायतको सहभागीता रहेको थियो । तीन पार्टी निकट महिला संघले आयोजना गरेको उक्त कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पिबिएम कमरेड प्रेम सुवेदी त्यस्तै नेकपा ( मशाल) का जिल्ला प्रवक्ता कमरेड बाबुराम आचार्यले आठ मार्चबाट सम्पूर्ण मुक्ति कामी महिलाहरुले प्रेरणा लिनुपर्ने बताउँदै त्यसको इतिहासबारे चर्चा गरेका थिए ।

भारत ः
अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला विभागको तत्वावधनमा महिलाहरूको महान चाड ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च कार्यक्रम दिनांक ८ मार्च २०२३ का दिन अनलाइन प्रविधिद्वारा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता देवी रिजालले गर्नुभयो । अतिथिहरूको आशनग्रहण पछि शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई शब्दबाट माया हमाल र संगीतबाट रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो । कार्यक्रमलाई शुभकामना दिनेहरूमा प्रमुख अतिथि अखिल नेपाल महिला संघकी पूर्व अध्यक्ष सुर्या थापा, विशिष्ट अतिथि अखिल नेपाल महिला संघकी पूर्व कोषाध्यक्ष मनु विक, अतिथिहरू नेकपा (मशाल) सम्बद्ध वामपन्थी नेता विमल शर्मा, टे«ड युनियन अन्टुकका पूर्व अध्यक्ष नारायण सापकोटा, मसालका केन्द्रीय सदस्य गौरीलाल कार्की, केन्द्रीय प्रतिनिधि धर्मराम विक, रूपन्देही जिल्ला सदस्य दयाराम खनाल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देव बहादुर लामिछाने, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचि महेन्द्र बस्याल, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य कमला खड्का, साउदी अरव नेपाली एकता समाजका पूर्व महासचिव जेवी फौजा, दुई नेपाली एकता समाजका पूर्व महासचिव टिकाराम नेपाली, जापान नेपाली एकता समाज सदस्य देवेन्द्र बस्याल, बेल्जियम नेपाली एकता समाज सदस्य राज वेलबासे, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव शोभाराम सापकोटा, राम सिंह विक, कोषाध्यक्ष इन्द्र भेटाल, केन्द्रीय सदस्य हेमराज रिजाल, उमानन्द आचार्य, तिलकराम गोराथोकी, बाबुराम नेपाली, कृष्ण पौडेल, सुर्य थापा, रन बहादुर थापा, अर्जुन केसी, करन दयाल, कृष्ण बिक, गनेश बिक, शेर सिंह बिक, शेर दयाल, हाँकका पत्रकार राजु अधिकारी, बिनीमाधव पौडेल, विद्यार्थी नेता विक्रम केसी, नर बहादुर बिक, क्षेत्रीय महिला सदस्य मिना बिक, दिपा शर्मा, माया थापा हरिकला थापा, सुनिता बस्याल, लक्ष्मी खनाल र कलावती दयाल रहनु भएको थियो । कार्यक्रम संचालन केन्द्रीय सदस्य दुर्गा सुवेदीले गर्नु भएको थियो । अन्तमा अध्यक्ष देवी रिजालले मार्मिक कविता वाचन गर्नुका साथै कार्यक्रमको समापन गर्नु भएको थियो ।
हिसार, भारतः
८ मार्च २०२३ का दिन अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति हिसारको मातहतमा महिला विभागको भेला केन्द्रीय सचिव नारायन शर्मा, सल्लाहकार, स्याम बिक, अध्यक्ष जुक्त बहादुर कुँवर, कोषध्यक्ष, राजेश बिक, सदस्य इश्वरी पाण्डेको उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलाले ९ जनाको महिला विभाग गठन गरेको छ । जसमा अध्यक्ष, सरिता सोनी, सचिव बसन्ता कुमाल, कोषाध्यक्ष शान्ति सुनार रहनुभएको छ । सदस्यमा कविता कुमाल, सोनु सुनार, विमला सुनार, कमला सुनार, तारा थापा, लीला सुनार रहनु भएको छ । सो विभागिय समितिको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सरिता सुनारको अध्यक्षता, बसन्ता कुमालको संचालन, अतिथि केन्द्रीय सचिव नारायण शर्मा, सल्लाहकार श्याम बहादुर बिक, नगर अध्यक्ष जुक्त बहादुर कुँवर, राजेश बिक, इश्वरी पाण्डेको आतिथ्यता रहेको थियो । शहिदहरुको सम्झनामा एक मिनेट मौन धारणपछि उपस्थिति महानुभावलाई सोनु सुनारले स्वागत गर्नु भएको थियो । वक्ताहरुमा गायत्री बिसी, ओमप्रकाश अर्याल, रुद्र बहादुर थापा (बी) र धन बहादुर खड्काले समितिलाइ बधाइ दिनु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित