मन्त्री खरेल र  विश्व बैंककी प्रतिनिधि प्रीति बीच भेटवार्ता

 

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र विश्व बैंककी प्रतिनिधि एरोडाबीच भेटघाट भएको छ। कार्तिक २४ गते सम्पन्न उक्त भेटघाटका बेला प्रीतिले विश्व बैंक नेपालमा सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको  बताइन्.२०८२ कार्तिक २४ गते सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको छ  विज्ञप्ति यस  प्रकार छ।–

 

 सनचार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र विश्व बैंकका तर्फबाट  दक्षिण दक्षिण एसिया क्षेत्र अन्तर्गत माल्दिव्स ,नेपाल र श्रीलङ्काका लागि सञ्चालन व्यवस्थापक सुश्री प्रीति  एरोरा बीच आज मिति २०८२ कार्तिक २४ गते सोमबारका दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भयो। उक्त अवसरमा नेपाल तथा विश्व बैंक बीचको सम्बन्ध तथा विश्व बैंकले नेपालको सामाजिक आर्थिक विकासमा पुर्‍याइरहेको योगदानका विषयमा छलफल भयो।

 

उक्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलले विश्व बैंकको सहयोगमा सञ्चालित विकास आयोजनाहरू लगायत नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा बैंकबाट प्राप्त सहयोगका सम्बन्धमा उल्लेख गर्दै नेपालको सूचना प्रविधिको क्षेत्रगत विकासमा महत्वपूर्ण रहेको डिजिटल नेपाल acceleration dna परियोजनामा उपलब्ध गराएको सहयोगको लागि आभार समेत व्यक्त गर्नुभयो। विश्व बैंकका सञ्चालन व्यवस्थापक  प्रीति एरोराले सूचना  तथा सूचना प्रविधि मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै नेपालको सूचना प्रविधि क्षेत्रको प्रवर्धनका लागि सूचना प्रविधि पहुँच विस्तार डेटा व्यवस्थापन नेपालकोडिजिटल रूपान्तरणमिडिया साक्षरता र शासकीय सुधार लगायतका क्षेत्रमाआर्थिक एवं प्राविधिक सहयोग तथा सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउनु भयो. सो भेटघाटमा मन्त्रालय तथा विश्व बैंकका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित