छात्रवृत्ति पाएकाको विवरण माग

काठमाण्डौ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरुबाट छात्रवृति पाएका विद्यार्थी अविभावकहरुको विवरण माग गरेको छ । मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई पत्राचार गर्दै विवरण उपलब्ध गराइदिन निर्देशन दिएको हो । मन्त्रालयले कानुनअनुसार कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था कार्यान्वयन भएको छ कि छैन भन्ने अनुगमन गर्न विवरण संकलन गर्न निर्देशन दिएको हो। निजी विद्यालयहरुले सरोकार वालाहरुलाई सकभर छात्रवृति नदिने, दिए पनि पहुँचवालाहरुलाई दिने ,असाह्य विपन्नहरुलाई नदिने गरेको गुनासो सँधै आइरहन्छन् । १० प्रतिशतको आधारले निजीमा अध्ययनरत २ लाख ३५ हजार विद्यार्थीले छात्रवृत्ति पाउनुपर्ने हुन्छ । देशभरका करिब ८ हजार १ सय निजी विद्यालयमा साढे २३ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको तथ्यांकले बताउँछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विवरण अध्ययन गरेर मन्त्रालयमा बुझउने जनाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित