दिल्लीमा कार विस्फोट मारिनेहरुको संख्या १३ पुग्यो

काठमाण्डौ । भारतको राजधानी नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर १ र ४ मा २०८२ कार्तिक २४ गते राति कार विस्फोट भएको छ ।
विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म विस्फोटको कारण खुल्न सकेको छैन । विस्फोटमा १२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । भूटान भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा संलग्नहरुलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । उनले घटनाको अनुसन्धान गरिरहेका सबैसँग आफ्नो सम्पर्क भइरहेको बताएका छन् ।
कार विस्फोट भएका कारण आसपास रहेका अन्य गाडीमासमेत क्षति पुगेको बताइएको छ । साँझ ७ बजे विस्फोटको खबर आएको दिल्ली अग्नि नियन्त्रक विभागले जनाएको छ । घटनापछि विस्फोट क्षेत्रलाई घेरेर सुरक्षाकर्मीले अनुसन्धान शुरु गरेका छन् । प्रत्यक्षदर्शीले यति शक्तिशाली आवाज जीवनमा कहिल्यै नसुनेको बताएका छन् । यस घटनापछि दिल्ली लगायतका सहरमा हाई अलर्ट जारी गरिएको छ । विमानस्थल, रेलवे स्टेसन र बस टर्मिनलमा सुरक्षा व्यवस्था कडा छ । लालकिल्ला मेट्रो स्टेसन पनि बन्द गरिएको छ । राजधानीमा भएको यो विस्फोटले भारतको सुरक्षामा थप चुनौती देखाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित