लुसिफोर

कृष्ण भक्त महर्जन (कगेन्द्र)

लुसिफोर
शब्द
कुनै नौलो
शब्द होइन
आकाशमा
बादल गर्ज्ये झै
धर्तिमा
माटो भिज्ये झै
यो
एक देशमा
मात्र होइन
विश्व भरीको
कथा काण्डमा
शिला खोज्दा
मुला भेटाए झै
एक व्यक्तिमा
मात्र होइन
सिगो सस्थामा
लुसिफोर
शब्द बनाउदै
लुसिफोर
शब्द निकाल्दै
शीत युद्ध
नेपालमा वर्षा गरिरहेछ
लुसिफोर शब्दकाका
टुक्का
सुक्काहरुमा
लुकेका इतिहासहरु
जेन जेडदेखि
जेन एक्ससम्मका
यात्राका कथाहरु
ख्याल ख्यालमा
साल पल्टिने
पुराना अवतारहरुमा
नया अवतारका
फूल कुमार
फूल कुमारीको
चर्चा
परिचर्चामा
काउजुको दृष्टिकोणमा
विश्वको केन्द्रविन्दु
नेपाल बनाएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित