जेनजी विद्रोहको समीक्षा

 

नारायण प्रसाद भण्डारी

नेपालमा २०८२ भाद्र २३ गते जेनजी समूहले गरेको भद्र आन्दोलनमाथि राज्यद्धारा गरिएको दमन, अन्याय, अत्याचार, हत्या, हिंसाको कारण १९ जना होनहार नागरिक राष्ट्रका कर्णधारहरुको अनाहकमा ज्यान गयो ।२३ गतेको दिन जेनजी समूहले मूख्य ३ बुदे माग राखेर आफना माग प्रति सरकारलाई ध्यानआर्कषण गराउँनका लागि सडकमा ओर्लेका थिए । सरकार पक्षले सुनीयोजितढगंबाट अमानवीय तरिकाले टाउँको , छातीमा ताकी ताकी गोली हान्ने, पानीका फोहोरा र लाठी बर्षाउन आदेश दिइयो । २३ गतेको शान्तिपूर्ण आन्दोलन राज्यद्वारा गरिएको मानव अधिकारको हनन अन्यायपूर्ण दमनको विरुद्धमा २४ गते जेनजी समूह चाहेर नचाहेर सडकमा आउन बाध्य थिए । सायद जेनजी भित्र रअ र पश्चिमा साम्रज्यवादी दलाल विचैलिया अवसरवादी घुसेर आन्दोलन प्रभावित पार्ने र दलाल संसदीय ब्यबस्थाका नाइकेहरुले गरेका काला कर्तुतलाइ जसरी पनि नष्ट पार्ने योजनामा जेनजीको खोल ओढेर नाराबाजी गर्दै मनपरि तरिकाले छानी छानी देशका महत्वपूर्ण मन्त्रालय, कार्यालय, संघ– सस्था, उद्योग धन्दा, ब्यापार, ब्यबसाय, कलकारखाना, न्यायालयहरु एबं विभिन्न पार्टीका नेता, कार्यकर्ताका निजी सम्पत्ति, घर, डेरा सबैमा आगजनी गर्दे देशै खरानी बनाइयो । स्वयं पुलिस प्रशासनका कार्यालय तोडफोड, आगजनी, हात हतियार खोस्ने आक्रमण गर्ने उग्र कृयाकलाप अराजक हुलको सामु देशको शुरक्षा दस्ता पनि पछि हटने मात्र भएन आत्म सर्मपण गरे । त्यसरी आन्दोलन अर्कैको कब्जामा गए पछि जेनजी रमिते बन्नु बाहेक कुनै विकल्प थिएन । आन्दोलन भडकाउँने विचौलियाहरुले जेनजीको नाली बेली पत्ता लगाएरै यिनी कहाँ बस्छन ? कहाँ सुत्छन ? के गर्ददैैछन ? को संग नजिक छन ? यिनीहरुको कमान को हुन ? भोलीको योजना के छ ? हामी कसरी जाने ? भन्ने नाली बेली सबैखाले दलाल घुसपैठे देशि विदेशि विचौलियाहरुले लामो समयको तैयारीका तानामाना बुनेर आन्दोलन जेनजीको कमान नियत्रण भन्दा बाहिर लान सफल भए र विद्रोहमा रुपान्तरण गरे ।

 

आन्दोलनको समयमा जेनजीको अबस्था र आन्दोलनले देशको विभिन्न क्षेत्रमा पारेको प्रत्यक्ष असर

आन्दोलनको जग देशको अत्याधिक भ्रष्टचार,कमिसन, मानव वेचविखन हत्या,हिंसा, बलत्कार, लुटपाट,ठगिका घटना,आआफना पालामा अबैध आफना पार्टीका झोले नियुक्ति प्रकरणमा देशको अर्थतन्त्र ब्रम्ह्लुट,अबैध अनाबश्यकको फजुल खर्चबाट ऋृणभार, उत्पादनमा सुन्यता,युवा पलाएन तीन तहका कुकृत्यको श्रृखला छदै थिए । त्यही बलिरहेको आँगोमा पेट्रोल खनाउँने काम तत्कालीन सरकार प्रमुखको अहंकारी, अर्दुदर्सीता, घमण्ड, पराकाष्ठ र दम्भको कारण सामाजिक सन्जाल माथिको प्रतिबन्दले युवा जेनेरेशनमा सहि नसक्नुको पीडा थप्यो र जेनजी समूहले उठाएका मागहरु नै आम नेपाली जनताका माग थिए । ती माग प्रति ध्यान दिएर सरकारले चासो सुसाशन सहित भ्रष्टाचार रहित बनाउनु पर्ने जाएज मागहरु लिएर ध्यान आर्कषर्णको लागि मात्र सडकमा आउँने तयारी कै समयमा आन्दोलनका विपक्षीहरुले तानामाना बुनिसकेका रहेछन । जेनजीको शक्ति छिन्नभिन्न बनाइ सकेका रहेछन जेनजी देख्दा एउटै हिसाबमा दर्जनौका गुट उपगुट बनाइसकेका रहेछन । जस्को एउटा उदाहरण मिराज ढुगांना लाइ २१ गतेनै धम्कि दिएर आन्दोलनमा नआउनु आए राम्रो हुने छैन भनेर उनलाई अलग्गाइएको रहेछ । यसको मुख्य कारण नेतृत्व विहिन बनाएर योजनाबद्ध तरिकाले आन्दोलनमा घुसपैठ गर्ने अराजक मच्चाउँने देशमा आगजनी तोडफोड,नेतृत्वमाथि प्रहारका षडयन्त्रको तैयारी भएको पुस्टि हुन्छ । किनभने सबै खाले घटना स्पस्ट देखिए । आफनै स्वर्ग जस्तो देशलाइ जलाएर खरानी बनाउने अपराधी हरु धमाधम पकडाउँ खादै छन । यो सकारात्मक पक्ष हो । यसको वैज्ञानिक तरिकाले छानविन हुनु पर्छ ।

जेनजीको विद्रोहमा साच्चिकै भन्नु पर्दा देशभरको जनजिवन धनजन भौतिक राष्ट्रिय निजी सम्पत्ति न्याय क्षेत्रका अपराध जन्य प्रमाण सरकारका विभिन्न प्रकारका अभिलेख लाखौंलाखको सख्यामा खरानी भएभने आर्थिक हिसाबमा खरबांैंको क्षति भयो ।अर्को विडम्बनाको पक्ष हजारौं कैदी बन्दि अझै सम्र्पक विहिन छन ।अहिले सम्म उनीहरुको अबस्था केहो ?कहाँ छन ?के गरिहेका छन ?हजारौं को सख्यामा लुटिएका हात हतियार कहाँ छन ?कुन अबस्थामा कस्ता मान्छेको हातमा ती हतियार छन ?अब कैदिबन्दि र हतियारको परिणाम समाजमा के हुने ?यो गम्भिर चुनौतिको विषय हो ।यस्ता जेनजी नाममा भएका अपराध जन्य घटनाको कारण जेनजी आन्दोलन माथि कुनै दिन प्रश्न को ओइरो लाग्ने छ ।अहिले विद्रोहका घटना ताजा छन ।तुरुन्तै विरोध गरिहाल्ने अबस्था पनि छैन यो विषय सरकारी पक्ष एबं कानुनी पक्ष कसैले जेनजी विरुद्धमा अगाडि बढन सक्ने अबस्थामा छैन ।जति घटना सेलाउँदै जान्छन ।त्यती घटनाको स्मरण पूनह ताजा बनेर आउछ ।त्यसको स्पस्ट उदाहरण माओवादीको जनयुद्ध हो ।विगत ०६४ ,०६५ सम्म को समय सम्म माओवादी विरुद्धमा कसैको बोल्ने आँट थिएन ।क्रमश माहासयका र्कृयाकलाप समाजले भोगेका अब्यबहारिक अमानविय प्रतिसोध लगाएतका दर्जनौ पिडाहरु झागिंदै गए ।उनीहरुको वास्तविक्ता बाहिरिदै गयो ।अहिले नेपालमा माओवादी नाम समेत बदनाम बनेर गयो ।कोहि कसैले माओवादी नामको पार्टी र त्यसका सक्कली एबं अपराधि कुकृत्यका मान्छे देख्न सुन्न समेत चाहदैनन ।सायद जेनजी को अबस्था पनि क्रमश त्यस्तै नहोला भन्न सकिन्न ।उनीहरु पनि विगतका माओवादी जस्तै धारा उपधारामा विभाजीत हुदै गएका छन ।टुट फुट गुट उपगुटले सस्थालाइ कहिल्यै संगठित केन्द्रित बल प्रयोग शक्ति सन्तुलन भन्दा विपरित लान्छ ।यो रोग जेनजीमा लागि सकेको छ ।अहिलेको जेनजी अबस्था गम्भिर बन्दै छ ।उनीहरुले उठाएका माग क्रमश ओजेल पर्दै जान थालेका छन ।विगत २३,२४को जेनजी नाममा भएका अपराधिक घटना उनीहरुकै लागि चुनौति बन्दै आएको छ ।

जेनजी विद्रोहको अन्तिम समीक्षा  ?

वास्तवमा कुनै पनि कुराको भविष्य वर्तमानले निर्धारण गर्दछ । जेनजीहरुको धारणा देशलाइ कहिल्यै मर्का बाधा पार्नु हुदैन ।सबैलाइ न्यायोचित ब्यबहार गर्नु पर्छ । सबैको सहभागिताले मात्र देश बन्छ । भ्रष्टाचार हामी सबैको दुश्मन हो भन्ने सकारात्मक सोचका धनि जेनजी हुन । जेनजीले छोटो समयमा देशको संरचना नै उलट पूलट बनाएर सबैका दिमाग भत्काइ दिए । अब घुसपैठ गर्नेले र देशमा भ्रष्टाचार गर्नेले एकपटक सोच्नु पर्दछ । यो परिवर्तन जेनजी आन्दोलनले गरयो तर जेनजीका माग सरकारले समेटन सकेन । फेरिपनि सरकारका काम कार्बाहि हेर्दा अलमल परेजस्तो कामको लागि फेद टुप्पो नभेटाए जस्तो अबस्थामा देखिन्छ । अहिले त्यती ठूलो विद्रोहबाट स्थापित हुने र आन्दोलनको मर्मलाई ब्यबस्थापन गर्ने नेतृत्वको धेरै खटन पटन विना सफल हुन सक्दैन । जेनजी समूहपनि एकढिक्का बनेर अगाडि बढन सक्ने देखिएन सरकारले पनि जेनजी आन्दोलनले उठाएका समस्या समाधान तर्फ धेरै चासो दिएको देखिन्न त्यसकारण जेनजीहरुको भविष्य सुनिश्चित होला ? भन्न सकिने अबस्था पनि रहेन । सरकारले धमाधम जेनजीको नाममा लुटपाट गर्नेहरुमाथि निगरानी बढाउदै लगेको देख्दा अब देशमा फेरिपनि के हुने ? भन्ने त्रासमय बन्दै गएको देखिन्छ । अर्को तर्फ जेनजीहरुको अन्तिम गन्तब्य पनि त्यही भ्रष्टाचारले चुर्लुम्म डुबेको दलाल संसदीय ब्यबस्थाको आहालमा डुब्न थाले पछि विद्रोहको अर्थ के ? देश र जनताले कुनै दिन जवाफ अबश्य माग्नेछ । हवस्त धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित