पोखराको लखन चोक (पृथ्वी चोक) मा कालो ब्यानर सहित विरोध कार्यक्रम

कात्तिक २८ ,पोखरा । “साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं !!”
भन्ने मूल नारामा क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालले स्थानीय तहमा देशब्यापी बिरोध प्रदर्शन गर्ने क्रममा गण्डकी प्रदेशको कास्की जिल्ला स्थित पोखराको लखन चोक (पृथ्वी चोक) मा कालो ब्यानर सहित कम्युनिष्ट पार्टीको झणडा सहित एक बिरोध प्रदर्शनका कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई पार्टीका ७ नम्बर क्षेत्रीय ब्युरोका सचिव नारायण अधिकारीको बिशेष सम्बोधन थियो भने कार्यक्रमको सञ्चालन कास्की जिल्ला सचिव बिक्रम थापामगरले गर्नु भएको थियो।कार्यक्रम दिनको ठिक १ः ०० बजे शुरु भइ २ः३० मा सम्पन्न भएको थियो । कार्यक्रमको आयोजना पोखरा महानगर कमिटीले गरेको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित