प्रतिगमन र यथास्थितिको विरोधमा सभा सम्पन्न

गुलरिया। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लाको गुलरिया नगर समितिको आयोजनामा प्रतिगमन र यथास्थितिको विरोधमा कोण सभा सम्पन्न भएको छ । पार्टीलेप्रतिगमन र यथास्थितिको विरोधमा कार्तिक २८ गते देश भरीका गाउँ तथा नगर क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो ।साथै भ्रष्टाचार ,वेथितिको विरोधलाई प्रभावकारी बनाउने सो पार्टीले जनाएको छ ।
साम्राज्यवाद , प्रतिगमन ,यथास्थितिको विरोध गरौ स्वाधिन सरकारको निर्माण गरौ ! भन्ने मूूल नाराका साथ देशभरि पार्टीले विरोधका कार्यक्रम निर्धारण गरेको थियो। सोही कार्यक्रम अन्तगत वर्दियाको गुलरियामा कार्यक्रम सम्पन्न भएको हो ।कोणसभालाई पार्टीका वैकल्पिक पि.बि.एम एवंम ३ नं ब्युरो सेक्रेटरी प्रकाशउर्जा ,केन्द्रीय सदस्य तथा वर्दिया जिल्ला ईन्चार्ज बिपिन क्षेत्री गर्नु भएको थियो।
कोणसभाको सन्चालन वैकल्पिक सिसिएम भुकुम्पले गर्नु भएको थियो । कार्यक्रममा वक्ताहरुले जेनजी विद्रोह पछि नयाँ सरकार बने पनि जनताको आधारभूत समस्याको समाधान गर्न नसक्ने , कसैको इशारामा चलेको सरकार भन्दै यस्तो सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकारको निर्माण गर्नु पर्ने कुरा राख्नुभएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित