ओखलढुङ्गा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १४ नं ब्युरो अन्तर्गत ओखलढुङ्गा बजार रमाइलो डाँडामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको विरोध कार्यक्रम सम्पन्न भएका छ। पार्टीका वैकल्पिक के.स.एवं जिल्ला सेक्रेटरी निर्माण कार्कीको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । के. स. एवं जिल्ला इन्चार्ज आदर्शले मन्तव्य राख्नु भएको थियो । आदर्शले साम्रज्यवाद,प्रतिगमन र यथास्थितिवादको विरुद्ध आफ्नो पार्टी संघर्ष गरिरहेको स्पष्ट गर्दै देशको राजनीतिक संकटको निकासका लागि स्वधीन संयुक्त सरकार आबश्यक रहेको बताउनुभयो । पार्टी के स एवं सोलुखोम्बु जिल्ला इन्चार्ज पर्वतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
Comments

