पोखरा, विक्रम थापा । कास्की क्रान्तिकारी महिला संगठनहरुले संयुक्त रुपमा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको एतिहासिक महत्व र समाज रुपान्तरण लागि महिलाको अपरिहार्य सहभागिताको बारेमा संगठनका महिला नेतृहरुले जोड दिएका थिए । घरको चुलो चौकोमा सीमित महिलाहरू आज राजनीतिका साथै अन्य क्षेत्रमा उल्लेख्य सहभागिता भए पनि पुजिवादी राज्य ब्यबस्थाको उपभोक्तावादी चिन्तनको कारण महिलाहरु दिनानुदिन वस्तुको रुपमा प्रयोग भइरहेको र दिनानुदिन शोषण र विभेदमा परेकोले क्रान्तिकारी महिलाहरूको महत्वपूर्ण भुमिका सँगैै दायित्व पनि अझ बढेर गएको औलाउदै क्रान्तिकारी महिला संगठनहरु एक भएर अगाडि बढ्नु पर्नेका जोड दिएका थिए ।
कार्यक्रममा पार्टीको तर्फबाट नेकपा (क्रान्तिकारी–माओवादी) का पोलिटब्युरो सदस्य कामरेड केश बहादुर परियार,नेकपा (बहुमत)का केन्द्रीय सदस्य कामरेड गोकुल पराजुली र नेकपा (मशाल) का कास्की जिल्ला सेक्रेटरी कामरेड बिक्रम थापाले पनि मन्तव्य सहितको शुभकामना दिएका थिए । अनेमसंघ (क्रान्तिकारी)का जिल्ला सदस्य बिना बुढाथोकीको स्वागत मन्तव्य रहेको कार्यक्रममा अनेम संगठनका नेतृ कमला परियारको सन्चालन र अनेम(क्रान्तिकारी) का कास्की जिल्ला अध्यक्ष उर्मिला श्रीसको अध्यक्षता रहेको थियो ।